कञ्चनपुर, माघ ४ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्यमा पराजित भएकी पुर्व खानेपानीमन्त्री बिना मगर जनतासंग भेटघाटमा व्यस्थ छिन ।
पुर्वमन्त्री मगरले चुनाव हारेपनि जितेपनि जनतासंग प्रत्यक्ष एव अप्रत्यक्ष रुपमा फेसबुक बाहेक भेटघाट गर्दै जनताका समस्या बुझ्दै आएकी छिन । तर, चुनाव जितेका एमालेका नेता भने जनतासंग टाढिन लागेका छन ।
बिना मगर चुनाव हारेपनि बेलाबेलामा निर्वाचन क्षेत्रमा आएका जनतासंग भेटघाट गरेपनि ताराले चुनाव जितेपछि गाँउबस्तीमा नआएको जनताहरुले खुलेयाम भन्न थालेका छन । केही कट्टर एमाले वा निकट व्यक्ति बाहेक अहिले क्षेत्रका जनता तारालाई चुनाव जिताएर पछुताउन थालेका छन ।
क्षेत्रको विकास निर्माण, पाटीका भाँडभैलो, गुट उगगुट सृजना, चुनावमा रातदिन भोकनिन्द्रा प्यास नभनिकन खटिएका नेता कार्यकर्ताहरुको अबमुल्यन गर्न थालेपछि उनीप्रति जनता मात्रै नभई स्वयम एमालेकै नेता कार्यकर्ताहरु समेत रुष्ट भएका छन । पाटीका नेता कार्यकर्ताहरुलाई अनेकन दुख पर्दा समेत क्षेत्रीयता,देखि भेगिय चिन्तन मात्रै राख्दै आएको आरोपछ ।
बेलडाँडी, ३ माघ । पछिल्ला केहिदिन यता पुर्व खानेपानी मन्त्री समेत रहेकी विना मगरले आफ्नो निर्वाचन क्षेत्रमा मुभमेन्ट बढाएकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि कन्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी मगरलाई नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले पराजित गरेका थिए ।
पराजित भएपछि केहि समय काठमाडौं होल्ड भएकी मगरले एकाएक कञ्चनपुर तिर मुभमेन्ट बढाएकी छिन । पछिल्लो समयमा बेलौरी, पुनर्वास, लालझडीका विभिन्न कार्यक्रममा सकृय सहभागिता जनाउदै आएकी छन् भने उनको क्षेत्र मुभमेन्टले स्थानीय वासिन्दा हर्षित भएका छन् ।
जितको निन्द्रामा रहेका तारा लामा तामाङ नामकै तारामा सिमित बनेको स्थानीयको आरोप रहेको छ । नाम जस्तै चम्कीलो काम गर्नुको साटो आफ्नै निर्वाचन क्षेत्रमा नआउने गरेको उहाँलाई आरोप लाग्न थालेको छ ।
प्रतिनिधी साभा निर्वाचनमा एमाले नेता तारा लामा तामाङले माओवादी केन्द्रकी उम्मेदवार मगरलाई ५ हजार ५ सय ४८ मतान्तरले पराजित गरेका थिए । लामाले २४ हजार ८ सय ९२ मत प्राप्त गरे भने मगरले १९ हजार ३ सय ४४ मत प्राप्त गरेका थिए । परातिज भएकी बाम गठबन्धनकी साझा उम्मेद्वार विनाले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचन जितेकी थिईन ।
०७९ को निर्वाचनमा उनलाई कांग्रेससहित ५ दलको समर्थन भएपनि एमालेका एक्ला उम्मेदवार तामाङसँग पराजित हुनु परेको थियो । क्षेत्रकै संसद बोलाएका कार्यक्रममा समेत नआउने सीमित गुटले बोलाएका मात्रै आउने भन्दै संसद लामाको आलोचना भईरहेको छ ।
Discussion about this post