वाणि खुला मञ्चमा माघी कार्यक्रम : थारु रैथानी परिकार र कृषि उपज प्रर्दशनी

नरेश राना/कञ्चनपुर, माघ ४ । कञ्चनपुरको वाणि खुला मञ्चमा माघी विशेष साँस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशन कार्यक्रम गरिएको छ ।

 

बिहिबार कृष्णपुर नगरपालिका २ वाणी खुला मञ्चमा माघी विशेष साँस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशन कार्यक्रम गरिएको हो । कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा भलमन्सा समाजले माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम गरेको छ ।

कार्यक्रममा कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति, कला खाद्य परिकार सरक्षण प्रर्बद्धन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताए ।

वडाध्यक्ष साउदले पछिल्ला दिनमा लोभ भईरहेको थारु समुदायको लोक संस्कृति, रैथानी खाने परिवार सरक्षणका लागि संयुक्त रुपमा कार्यक्रम गरिएको बताए ।

वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारु समुदायको लोक साँस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागि कार्यक्रम गरिएको बताए ।

‘पछिल्ला दिनहरुमा थारु समुदायको मौलिक लोक परम्परा सरक्षणमा चनुौती थपिएको छ, ‘वडाध्यक्ष साउदले भने, ‘हामीले वडाबाट सक्दो सहयोग गरेका छौँ, यसबाट समेत केही प्रर्बद्धन हुने अपेक्षा छ ।’

वडाध्यक्ष साउद उक्त माघी विशेष कार्यक्रम थारु समुदायका नयाँ पुस्ताहरुलाई पुराना पुुस्ताहरुले प्रर्बद्धन गर्ने गराउने तर्फ केन्द्रीत रहेको बताए । वडाध्यक्ष साउदले कृष्णपुर २ कृषि बस्तु उत्पादनका लागि सम्भावना बोकेको वडा भएकाले कृषि एम्बुलेन्सको माग अघि सारेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको ध्यानाकर्षण गराउँदै कृषि एम्बुलेन्सको माग अघि सारेका हुन ।

कार्यक्रममा सुप प्रदेशका निर्वतमान संसद महेश दत्त जोशीले रैथानी अन्नबाली सरक्षण प्रर्बद्धनको विकल्प नभएको बताए । सुप प्रदेश सभाका सदस्य गिता चौधरीले पनि यस्ता कार्यक्रमबाट थारु समुदायको लोक सस्कृति सरक्षणमा जोड दिईन ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले स्थानीय बस्तु तथा सेवा उत्पादन, प्रर्बद्धन र बजारीकरणमा जोडदिए । संसद सरलले आत्मनिर्भर र सम्बृद्धिका लागि थारु समुदाय सहित सबै समुदायले कृषि बस्तु तथा सेवा उत्पादनम जोडदिएका छन ।

कार्यक्तमका प्रमुख अथिति समेत रहेका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले वडाध्यक्ष अर्जुन सिह साउदले प्रस्ताव अघि सारेको कृषि एम्बुलेन्स दिने प्रतिबद्धता जाहेर गरेका छन ।

मन्त्री चौधरीले थारु समुदायको संस्कृति सरक्षणका साथै रैथानी खाने परिवार सरक्षणका लागि प्रदेश सरकार तयार रहेको बताए ।

भलमन्सा समाज कृष्णपुर २ सञ्जालका अध्यक्ष अमर चौधरीले कृष्णपुर नपा २ वडा कार्यालय सहित कृषि, ज्ञान केन्द्र, जय फुलवारी कृषि सहकारी संस्था लि, लिवर्ड सक्षम परियोजनाको सहयोगमा कृषि प्रर्दशनीका साथै थारु समुदायको साँस्कृति कार्यक्रम भएको बताए । कृष्णपुर नगरपालिका २ नम्बर वडाको विशेष आयोजनामा उक्त कार्यक्रम गर्न सफल भएको उनले बताए ।

थारु समुदायको माघी पर्व नयाँ बर्षकै रुपमा मनाउने भएकाले वडाध्यक्ष अर्जुन सिह साउदले वडाभरीका भलमन्सा समुदायसंग सामुहिक छलफल गरेर उक्त कार्यक्रम संचालन गर्न लागेको उनले बताए । उक्त कार्यक्रममा थारु समुदायका लोक परम्परात खाने परिकारदेखि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित