बेलडाँडीमा अन्नते मेलाको अन्तिम दिन आज, संस्कृति जर्गेनाका लागि मेलाको आयोजना

बेलडाँडी,

बेलडाँडीमा शनिवार देखि शुरुभएको अन्नते मेला आज सोमवार राती सम्पन्न हुने भएको छ ।

भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई बाजुरेली समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ ।

मेलाको शुरुवाती भारी खेलबाट सुरु भई मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको कालिका मन्दिर समितिका सचिव विर बहादुर बडुलाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार भाद्र २५ गते देखि शुरु भएको भेला आज २७ गते समापन गरिने जानकारी गराउनु भयो । संस्कृति जर्गेनाका लागि यो मेला बेलडाँडी वडा नं.२ मा रहेको कालिका मन्दिर व्यावस्थापन समितिले प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ । मेलालाई भब्य बनाउन टाढा टाढाबाट देउडीया र देउडीया प्रेमीहरु आउने गरेको सचिव बडुलालले बताउनु भयो । आज अन्तिम राती भब्यताका साथ देउडा खेलेर सम्पन्न गरिने समितिले जनाएको छ । प्रचार प्रसारको अभावले यो मेला ओझेलमा परेको छ । यस संस्कृतिलाई जर्गेना गर्नु स्थानीय सरकारको समेत दायित्व रहेको हुन्छ ।

अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पति भएको किंवदन्ती छ । स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला सुदूरपश्चिमा धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित