बेलौरी नगरपालिकाद्वारा चिसो बढेसँगै थप २ दिन बिधालय बिदा

बेलाैरी । आज आइतवार फेरि चिसो बढेपछि बेलाैरी नगरपालिकाले थप २ दिने बिद्यालय विदा दिने निर्णय गरेको छ । आज बसेको नगर प्रमुख स्तरीय बैठकले माघ ८ गते देखि १० गतेसम्मका लागी विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

 

मौसममा सुधार नभई चिसो बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा मंगलबारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन दिइएको बेलौरी नगरपालिकाकाले जनाएको छ ।

पालिकाले एक सुचना जारी गर्दै थप दुई दिन बिदा गरेको हो । यसभन्दा पहिला समेत पालिकाले चिसो बढेकाले ४ र ५ गते दुई दिन बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित