एसियन कराँते स्वर्ण पदक विजेता आकासलाई बाकाबीर खेलकुद पुरस्कार

32
VIEWS

कञ्चनपुर/माघ ७ । सातौँ साउथ एसियन कराँते च्याम्पियनसिप प्रतियोगिताका स्वर्ण पदक विजेता कराँतेका खेलाडी आकास सैजुवाललाई बाकाबीर खेलकुद पुरस्कार पाईएको छ ।

 

आकासलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाकाबीर खेलकुद पुरस्कारबाट सम्मान गरेको हो । आइतबार भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा आकासलाई बाकाबीर खेलकुद पुरस्कार सम्मान गरेको छ ।

आकास गत मंसिर काठमाण्डौँमा सम्पन्न भएको सातौँ साउथ एसियन कराँते च्याम्पियनसिप नेपालका तर्फबाट स्वर्ण पदक विजेता खेलाडी हुन । उनी कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित बैजनाथ माद्यमिक विद्यालय कक्षा १०मा अध्ययनरत विद्यार्थी हुन ।

५० किलो तौल समुहमा स्वर्ण पदक विजेता खेलाडी आकास दक्षिण एसियाका ६ ओटा देशहरुको सहभागितामा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सेजुवालले स्वर्णपदक प्राप्त गरेका थिए ।

आकासको गृहपालिका सरकारले उनको मेहनत र कलाको सम्मान गरेको भन्दै अभिभावक सहित खेलाडी उत्साहित भएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार