कैलाली :
कैलालीको भजनी नगरपालिकामा एक थान सानो व्यवारिसे एयर गन प्रहरीले फेला पारेकाे छ ।
भजनी नगरपालिका वडा नम्बर २ कटानपुरस्थित वनदेवी सामुदायिक वन भित्र व्यवारिसे अवस्थामा एयर गन फेला पारेको प्रहरीले जानकारि दिएका छन् ।
आइतबार सुदूरपश्चिरम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) को टोलीले व्यवारिसे एयर गन फेला पारेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ।
प्रहरीका अनुसार उक्त एयर गन ईलाका प्रहरी कार्यालय भजनीमा राखि साे बारे थप अनुसन्धान भईरहेको छ।
Discussion about this post