त्रिभुवन माविकको ५१ औँ बार्षिकोत्सव : शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता

केशव थापा, माघ १५ । कञ्चनपुरको बेलौरी नगरपालिका रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५१औँ बार्षिकोत्सव सम्पन्न भएको हो ।

प्रद्यानाध्यापक हरिश प्रशाद ओझाले विद्याललयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन । प्रअ ओझाले ग्रामिण भेगको विद्यालयमा पछिल्ला बर्षहरुमा शैक्षिक स्तर बृद्धि भईरहेको बताउँदै भावि दिनमा समेत गुणस्तर बृद्धिमा अभिभावक एव सरोकारवालाई विश्वास दिलाएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले त्रिभुवन विद्यालयले गरेको शैक्षिक बृद्धि विकासको प्रसंसा गर्दै नगरपालिकाबाट शैक्षिक बृद्धिमा आवश्यक सहयोगको बचन दिएका छन ।

बिशिष्ठ अथिति रहेका बेलौरी ९का वडाध्यक्ष किसान सिह रानाले समेत वडामा रहेको सामुदायिक विद्यालयको बृद्धि विकासमा जोडदिए । कार्यक्रममा विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि भूमिका निर्वाह गरेका शिक्षकहरुलाई सम्मान गरिएको छ ।

रामेश्वर प्रशाद भट्ट,राम ब. साउद,तर्कराज भट्ट,जनक भट्ट, पशुपति विष्ट,ईश्वरी भट्टलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, एव आन्तरिक प्रतियोगितामा विजेता विद्यार्थीलाई समेत सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार चुनाराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक तर्कराज भट्टले गरेका थिए ।

कार्यक्रममा सुदूरको लोक सस्कृति सरक्षणका नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सरोकारवाला सहित, शिक्षक, अभिभावक विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित