भानु बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा भरत भट्ट

35
VIEWS

पप्पु गुरुङ/दोधारा । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा रहेको एक मात्रै क्याम्पस संचालक समितिको अध्यक्षमा समाजसेवी शिक्षाप्रेमी भरत दत्त भट्ट मनोनित भएका छन ।

 

दोधराचाँदनी नगरपालिका ६मा रहेको भानु बहुुमुखी क्याम्स संचालक समितिको अध्यक्षमा समाजसेवी शिक्षाप्रेमी भट्ट मनोनित भएका हुन । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त भानु बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा भट्ट चयन भएको त्रिविले जनाएको छ ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसबाट सिफारिस भए बमोजिक प्राथमिकक्रमकोे आधारमा १७ माघ ०८० को निर्णय अनुसार अध्यक्षमा मनोनित गरिएका छन ।

त्रिवि योजना निर्देशक प्रा.डा धुव्र कुमार गौतमद्वारा हस्ताक्षरित गरिएको मनोनित पत्रमा विधान अनुरुप कार्यभार सम्हाल्नुदेखि बधाई ज्ञापन गरिएको छ । भानु बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा चयन भएका भरत दत्त भट्टले ग्रामिण भेगको उच्च शिक्षाको स्तरबृद्धि विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका समाजसेवी भट्टले दिएको जिम्मेबारी अनुरुप कामकाज गर्नेदेखि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताए । ‘अहिले हाम्रो क्याम्पस त्रिविको सम्बन्धनबाट संचालनमा छ, ‘उनले भने, ‘अब छिट्टै सुप विश्वविद्यालयको आंगिक बनाउँछौँ ।’

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार