बेलडाँडी । बेलडाँडी गाउँपालिका-२ मा रहेको राैलेश्वर माध्यमिक विद्यालयले ४१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
मंगलवार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, पुर्व शिक्षक तथा पुर्व व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान गरिनुका साथै शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा संघीय सांसद तारालामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रमको संचालन शिक्षक दिपक भट्टले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आफुले गर्न सक्ने पहल गरिरहेको बताए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक कृपाराम उपाध्यायले विद्यालय बनाउन अभिभावकले समेत चासो दिनुपर्नेमा जोडदिनु भयो ।
सो अवसरमा पुर्व शिक्षक, पुर्व व्यवस्थापन समितिका अध्यक्षहरू वडाध्यक्षहरू, समाजसेवी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post