सुदूरपश्चिम सत्तारुढ गठबन्धनमा सात क्षेत्रमा मिल्यो भागबण्डा

105
VIEWS

धनगढी,
सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ।

स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्ग्याएका हुन्। यस्तै प्रदेशका अन्य ९ क्षेत्रको भागबण्डा भने मिलेको छैन, छलफल जारी रहेको जनाइएको छ ।

गठबन्धनमा हालसम्म भएको सहमतीअनुसार डडेल्धुरामा कांग्रेसबाट शेरबहादुर देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसकै आरजु देउवालाई सबै दलले समर्थन गर्ने सहमती जुटेको स्रोतले जनाएको छ ।

यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको भागमा परेको छ। क्षेत्र नम्बर २ र ३ नेपाली कांग्रेसले लिने सहमती भएको छ भने बाजुरा र दार्चुला पनि कांग्रेसले लिने सम्भावना रहेको जनाइएको छ। तर कैलालीका चार वटा निर्वाचन क्षेत्र, बैतडी, डोटी, बझाङ, अछामका दुई क्षेत्रमा भने सहमती जुट्न सकेको छैन सहमति जटाउनका लागि दलहरु छलफलमा रहेका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार