किन छोड्दैछन् माओवादीका नेता कार्यकर्ताले विना मगरको साथ ? पुरा पढ्नुस्

बेलडाँडी,
दश बर्षे जनयुद्धकालमा दुःख पाएको भन्दै माओवादीका नेता कार्यकर्ताले विना मगर प्रति दया देखाउदै हरेक क्षेत्रमा अवसर दिदै जादा उनलाई तपाई नेता बन्नुपर्छ भनेर कञ्चनपुर ल्याउने कार्य कञ्चनपुरका नेताहरुले नै गरेका थिए । कञ्चनपुरका नेताहरुको भनेको मानेर उनी माइती घर कञ्चनपुरबाट चुनाव लड्ने निधो गरिन ।२०७० दोस्रो संविधान सभाको निर्वाचनका बेला उनलाई कञ्चनपुर क्षेत्र नं.१ मा ल्याएर चुनाव लड्न लगाइयो । त्यतिबेला नेकपा माओवादी फुटेर दुई भइसकेको थियो । त्यतिबेला कञ्चनपुरको हकमा बैद्य माओवादी बलियो थियो तर उ चुनाव बहिष्कारमा लाग्यो, विनाले चुनाव जित्ने कुनै आधार थिएन ।

उनी भर्खर नयाँ कञ्चनपुर प्रवेश गरेकी थिइन उनलाई चुनाव लड्नु पर्छ नेता बन्नु पर्छ भन्ने कुनै सोचै थिएन । त्यो चुनावमा उनले पराजय भोग्नु पर्यो तर उनलाई झिन चुनावको नसा चढ्यो र ०७४ को निर्वाचन हुनुभन्दा पहिला रामबहादुर थापा बादलको नेतृत्वमा बैद्य माओवादीको ठुलो शक्ती माओवादी केन्द्रमा समाहित भइसकेको थियो । उनलाई चुवना जिताउनका लागि कञ्चनपुरमा राम्रै टिम बनिसकेको थियो, उनी भन्दा पनि नेता कार्यकर्ताको मेहिनेतले विना मगरलाई सांसद बनाउन कञ्चनपुुर माओवादी सफल भयो ।

सांसद भइसकेपछि अध्यक्षकी बुहारी समेत रहेकी मगरले चुनाव भन्दा अगाडी नै श्रीमान गुमानु भएको थियो । अध्यक्ष प्रचण्डले विद्युवा बुहारी कठै भन्दै मन्त्री बनाउने निधो गर्नु भयो र खानेपानी मन्त्री समेत बनाए । मन्त्री भइसकेपछि मगरले आफुलाई चुनाव जिताउनको लागि रातदिन नभनि खटिने नेता कार्यकर्तालाई भुल्दै गए, त्यति मात्र होइन कञ्चनपुरका पार्टीका नेता कार्यकर्ताले फोन गर्दा समेत नउठाउने उठाइहाल्यो भनेपनि आफु विजि भएको भन्दै फोन काटी दिने, आफ्ना आसेपासे, इष्टमित्र, लाई मात्र जागिर खुवाउने कार्य गर्न थालिन र चुनावमा उनलाई चुनाव जिताउनका लागि नेता कार्यकर्ताले जनतालाई गरेका बाचा पुरा गरिदिनुस भन्दा समेत उनले मानेनन् ।

त्यपछि नेता कार्यकर्तामा निरासा छाउन थाल्यो नेता कार्यकर्ताहरु पलायन हनु बाहेक अर्को कुनै विकल्प देखेनन् । उनको हैकमवाद प्रवृद्धिले गर्दा उनको निकट भएर कामगर्ने स्वकीय सचिव रमेश भट्टलाई विभिन्न लालचना लगाउन थाले पछि उनले पिडा सहन नसकेर सचिवालयबाट राजिनामा दिएर बाहिरिए । मगरको त्यस्तो प्रवृद्धिले गर्दा जिल्ला अध्यक्ष समेत रहेका विर बहादुर थापा, रमेश थापा,पदम पुजारा, इन्द्र पुजारा, बल बहादुर बिक, कृष्ण तामाङ, बलदेव बुडाल, राधा कडेल, यज्ञ कडेल, ओम प्रकाश राना, पदम ओझा, इन्द्र बुडाल, नविन चन्द, मोहन गिरी, कल्पना गिरी, मोहन बडु, विष्णु उपाध्याय राम बहादुर गुरुङ र उनको टिम, हस्त बहादुर चन्द, धर्म सिह ऐरी, दसु राना, उपेन शाही, मिना बिष्ट, आइते तामाङ लगायतका थुप्रै नेता कार्यकर्ताले साथ छोडिसकेका छन् । नभदै अझ प्रचण्डकी बुहारी भएकै कारण बंसवाद लागु भएको प्रष्ट देखिएको छ । पाच दलको गठवन्धनमा समेत उनले टिकट पाउने निश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित