धनगढी,
कैलालीको धनगढी विमानस्थल रनवेमा स्याल आएपछि जहाज अवतरणमा केहि छिन समस्या भएको छ। आज दिउँसो काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएको थियो। जसका कारण जहाज पुनः आकासमै फर्किनुपर्यो।
रनवेमा स्याल देखिएपछि जहाजले धनगढीको आकासमा करिब दुई मिनेटसम्म फन्को मारेको विमानस्थल कार्यालयकाले जनाएको छ । रनवेमा स्याल आएकाले विमान ल्यान्डिङमा समस्या भएको उनले बताए।
Discussion about this post