कैलाली:
आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताएका छन् ।आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताएका छन् ।
आजदेखि कैलालीको धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गरे । प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उनले आयोजना बैङ्कले धेरै हदसम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताए यस्तै योजना बैङ्कको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो ।
Discussion about this post