सहयात्रा नेपालद्वारा कोरोना बेला गरेका कार्य प्रगतिबारे समिक्षा

विकास सिह महता/कञ्चनपुर,

सहयात्रा नेपालले कोरोना महामारीका बेला रोकथाम नियन्त्रणका लागि गरेका कार्य प्रगतिबारे समिक्षा गरेको छ । शुक्रबार महेन्द्नगरमा सहयात्रा नेपालले कोरोना महामारीका समयमा संक्रमण रोकथामका लागि गरेका कामकाज प्रगति बारे समिक्षा गरेको हो ।

याहयात्रा नेपालले कञ्चनपुरका स्वास्थ्यसंग सम्बन्धी सहितका सरोकारवाला निकायसंग समिक्षा एव छलफल र भावि कार्य योजना बारे छलफल गरेको छ ।

कार्यक्रममा सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्सबोन सिजापतीले महामारीका बेला सहायात्रा नेपालले समेत रोकथामका लागि ग्रामिण भेगदेखि शहर मुख्य नाकाका कामकाज गरेको बताए । उनका अनुुसार भ्याक्सिनेसन, प्राविधिक जनशक्ति सहयोग, सचेतनामुलक कार्यक्रम , परामर्स सहितका कार्यक्रम संचालन गरिएका छन ।

सरकारी गैर सरकारी निकायसंग समन्वय गरेर कोरोना महामारी नियन्त्रणका लागि सहयोग गरिएको बताए ।, कार्यक्रममा सहयात्रा नेपालका कोभिड-१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंहले कार्यपत्र प्रंस्तुत गर्दै महामारी रोकथाम नियन्त्रणका लागि समन्वय, सहकार्य गरेर कार्यक्रम संचालन गरिएको र आगामी दिनमा समेत कार्यक्रम संचालन गरिने बताए ।

स्वास्थ्यसंग सरोकार राख्ने निकायले कोरोना महामारी नियन्त्रणका लागि फरक फरक गतिबिधी संचालन गर्नुपर्नेमा जोडदिएका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप अधिकृत जनक बहादुर कुँवरले सबै संघ संस्था एव सरकारी निकायबाट एकद्वार प्रणाली अनुरुप कार्यक्रम संचालनमा जोडदिए । ‘हामी सबैको उदेश्य एउटै हो, ‘उनले भने, ‘यसर्थ गैसस जतिले सबै बजेट एकैमा राखेर जिल्लाको आवश्यकता अनुरुप काम गरौँ ।’

सहयात्रा नेपालका परामर्सदाता देवराज बडूले सहजिकरण गरेको कार्यक्रममा विभिन्न संघ संस्था एव स्वास्थ्य क्षेत्रका प्रतिनिधीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित