प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

3
VIEWS

कैलाली:

सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको हो । धनगढी रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा कैलालीले ६४ पदक सहित विजयी भएको छ । कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कांस्य सहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ ।

यस्तै कन्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ ।कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कांस्य गरी ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कांस्य गरी ३३ पदक सहित तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दीपक बहादुर सिंहले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कांस्य गरी १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कांस्य गरी १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कांस्य गरी २०, अछामले १ स्वर्ण, १ रजत र ६ कांस्य गरी ८, दार्चुलाले ४ रजत र ३ कांस्य गरी ७, र डोटीले ३ रजत र ८ कांस्य गरी ११ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । विगत ४ वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कैलालीले जित्दै आएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार