महादेवको मुर्ति स्थापनाका लागि सिलान्यास कार्यक्रम सम्पन्न

लाल बहादुर एस के/पुनर्वास , फागुन २५ । विश्वकल्याण कोटिहोम धाममा महादेव शिवको मुर्ति स्थापनाका लागि सिलान्यास कार्यक्रम सम्पन्न ।

 

पुनर्वास नगरपालिका ४ जनकबस्तीमा महादेव भगवान , शिवजी को मुर्ति स्थापनाको लागि उपभोक्त समिती कोटिहोम मन्दीरले शिव रात्रिको पावन अवसरमा शिलन्यास कार्यक्रम शुभारम्भ गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमख तोय प्रसाद शर्माले मुर्ति स्थापना हुने ठाउँ विधिवतरुपमा पूजापाठ गरि सिलन्यास गर्नुभएको छ ।

 

हजारौं भक्तजनको उपस्थितिमा बि.स २०४१ सालमा यज्ञ लगाएर राष्ट्रगुरु योगी नरहरिनाथले धार्मिक स्थलको स्थापना गरेको ऐतिहासिक पृष्ठभुमि रहेको पाइन्छ ।
राष्ट्रगुरु योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्।

वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्।

त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन्। सिद्धहस्त आषु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरूमध्ये एक हुन्।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शिव भगवानको मुर्ति स्थापनाका लागि सिलान्यास कार्य सम्पन्न भएकोमा बधाई व्यक्त गर्नुभएको छ। यश क्षेत्रको डिपिआर गत सरकारकै पालोमा तैयार भएको बताउदै त्यसैलाई फ्लोअप गरेर यसपटक १५ लाख रकम अनुदान प्राप्त गर्न सफलता मिलेको बताउनु भएको छ ।तसर्थ योजना र कार्यक्रम लाई सफल बनाउन सबै पक्षले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउदै । सरकारको ध्यानाकर्षण गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

 

यसैगरी पुनर्वास नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष मनोज सापकोटाले यस क्षेत्रको डिपिआर तैयार भएको लामो समय बितिसक्दा पनि भने सरकारको कुनै उल्लेखनीय भुमिका देखा नपरेको अवगत गराए । तसर्थ कसैको भर नपर्न जनतालाई आग्रह गर्दै । एक अर्का संगको हातेमालो गरेर कार्य सम्पन्न गर्न सक्रिय हुन अनुरोध गर्नुभयो ।

 

नेकपा एमालेका नेता तथा समाजसेवी स्थिर प्रसाद घिमिरेले विगतका उतारचढावका सन्दर्भमा समिक्षा गर्दै लामो समयको संघर्ष पश्चात् एउटा उपलब्धि मुलक स्थितिमा पुगेको बताउनुभएको छ । मन्दिर लगायत समग्र विश्वकल्याण कोटिहोम धामको समृद्धि का लागि सदैव सकारात्मक रहेको बताउनु बताउनुभयो ।

पुनर्वास नगरपालिकाका ६ का वडा अध्यक्ष मित्र सिंह लामाले विश्वकल्याण कोटिहोम धामको संरक्षणमा स्थानीय सरकारले निर्वाह गर्नु पर्ने भुमिकामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको बिकासमा सबैको सहयोग आवश्यक रहने बताएका छन । धार्मिक कार्यले समाजिक विकृति, विसङ्गती , अराजकता , विभेद जस्ता गतिविधि नियन्त्रण गर्न सहज हुने बिश्वास रहेको बताउदै शिवरात्री र अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा समस्त नगरबासिमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रभु बैंकका शाखा प्रबन्धक तथा धार्मिक व्यक्तित्व गौरव शर्माले देशकै धार्मिक स्थलका रुपमा सूचीकरण भएको पबित्र धामको संरक्षणको खाचो रहेको बताउदै आर्थिक , भौतिक तथा नैतिकरुपले यस क्षेत्रको निर्माण र संरक्षण गर्न सम्पुर्ण महानुभवले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

उपभोक्त समिति कोटिहोम मन्दिरका अध्यक्ष तथा कार्यक्रमका सभापति एम. प्रसाद पौडेलले विभिन्न आरोह अवरोह पार गर्दै मन्दिरको समग्र विकासमा सक्रिय रहेको बताउनु भएको छ । विभिन्न निकायको सहयोगमा कोटिहोम धाम क्षेत्रमा वृक्षरोपण देखि विभिन्न बिकासका कार्यक्रम सम्पन्न र आरम्भ गरेको बताउदै ।

शिव भगवानको मुर्ती स्थापना संगै जनताको स्वास्थ लाभ हुने गरि औसधिमुलक विरुवा रोप्ने योजना रहेको बताउनु भयो । विश्वकल्याण कोटिहोम धामलाई पुनर्वासकै पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न कन्जुस्याइँ नगर्ने बताउनु भयो ।

विभिन्न समाजसेवी, बुद्धिजीवी तथा भक्तजनको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम विश्वराज ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य आनन्द सुवेदीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित