बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको राजिनामाको माग (भिडियो सहित)

कञ्चनपुर । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको १५ दिन पछि क्रान्तिकारी युवा संगठन नेपालले मुख्य योजनागार उपाध्यक्ष नाथको राजिनामाको माग अघि सारेका छन् ।

 

युवा संगठनले पालिकाको मुलगेटमा राजिनामाको माग गर्दै पोष्टर टासेर विरोध गरेका हुन । उपाध्यक्ष नाथले फर्जी कागजात बनाई बैंकबाट ठुलो रकम ऋण लिएको समाचार बाहिरिएपछि गैरकानुनी कार्य गरेको भन्दै सत्यतथ्य छानविन गरि कार्वाहीको माग गर्दै उपाध्यक्ष नाथ विरुद्ध अख्तियार दुरुपोगा अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा १५ दिन पहिला क्रान्तिकारी युवा संगठनले उजुरी दर्ता गराएका थिए ।

उजुरीमा उपाध्यक्ष नाथले कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका वडा नम्वर २ (साविक वडा नं.८) बस्ने शान्ति नाथ (हाल बेलडाँडी गाँउपालिका उपाध्यक्ष) ले यस बेलडाँडी गाँउपालिका वाड न. २ स्थित सिट न. ०२६०५०४ साविक सिट न. २६०५०४ को कित्ता नम्वर ३५७ को जम्मा क्षेत्रफल ०.४०० वर्ग मिटर जग्गामा हुदै नभएको घर छ भनि घरको नक्सा तयार गरी साविकको लक्ष्मी बैंकबाट तथा हालको लक्ष्मी सनराइज बैंकबाट उक्त हुदै नभएको घर जग्गा धितो राखि फर्जी नक्सा तयार गरि बदनियत कार्य गरेको क्रान्तिकारी युवा संगठन नेपालले जनाएको छ ।


पालिकाको मुल गेटमा फर्जी डकुमेन्ट तयार तथा पेश गर्ने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी र उपाध्यक्ष शान्ति नाथलाई सामाजिक बहिस्कार गरौं, कमिसनखोर जनप्रतिनिधी शान्ति नाथ तत्काल राजिनामा दे भन्दै पोष्टर टासेर विरोध गरेका छन् ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले फर्जी डकुमेन्ट मिति २०७८/११/०८ गतेका दिन सेती ईन्जिनियरिङ कन्सेल्टेन्सी वेदकोट नगरपालिका कञ्चनपुरले पेश गरेको निवेदन कै आधारमा उक्त जग्गामा हुदै नभएको घर भवन सम्पन्न भएको प्रमाणित गरि बदनियत पूर्वक कार्य गरेको भन्दै सामाजिक बहिष्कार गरेको युवा संगठनले नेपालले जनाएको छ ।

यस अघि अख्तियार दुरुपयोग अनुसन्धान कञ्चनपुरको कार्यालयमा युवा संगठन क्रान्तिकारीले मुख्य योजनाकार उपाध्यक्ष शान्ति नाथ सहित प्रत्यक्ष संलग्न देखिएका कर्मचारीहरु माथी आवश्यक अनुसन्धान तथा छानवीन गरी कानुन बमोजिम कार्वाहि गर्न माग सहितको उजुरी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित