कञ्चनपुर । क्रान्तिकारी युवा संगठन नेपालले हुलाकी सडक कार्यालयमा लगाएका्े ताला प्रशासनले तोडेपछि क्रान्तिकारी युवा संगठनले आपत्ति जनाएको छ । क्रान्तिकारी युवा संगठन नेपालले एक विज्ञप्ती निकाल्दै आफ्नो स्थापना काल देखि नै जनताको पक्षमा आवाज उठाउदै आई रहेको जनाउदै यसै शिलशिलामा राजेन्द्र निर्माण सेवा प्रा.लि प्रो. (भिम साँउद र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्शन प्रो. (दिपेन्द्र शाहि द्वारा कञ्चनपुरको दैजी, बेलडाँडी, बेलौरी, पुनर्वास र डोकेबजार हुदै कैलाली जोड्ने हुलाकी सडक खण्ड (राजमार्ग निर्माण कार्य अहिले सम्म ६ पटक म्याद थप गरी सक्दा समेत निर्माण कार्यलाई अगाडी बढाउन नसकेको भन्दै हिजो धनगढीमा रहेको हुलाकी सडक कार्यालयमा तालाबन्दी गरेको थियो ।
बिकास निर्माणका सवालमा जनताको पक्षमा लगाएको ताला कार्यालयका कमर्चारी र प्रशासनले काम नगर्ने निर्माण व्यवसायिहरुलाई संरक्षणगर्ने उदेश्यले संगठनले लगाएको ताला तोडिएको बिषय प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ की यस्ता हर्कत गर्ने कर्मचारीहरु लाई हाम्रो संगठन जनताको बिचमा लिएर जनकारबाही गर्न बाध्य हुने समेत जानकारी गराउदै, पटक पटक भन्दै छौं तत्काल काम सुरु नगर्ने हो भने हुलाकी सडक डिभिजन कार्यलायका कर्मचारी र निर्माण व्यवसायीहरुका विरुद कडा संघर्षमा उत्रिन बाध्य हुने समेत जनाएका छन् । उक्त जन संघर्षबाट हुन गयको क्षतिको सम्पुर्ण जिम्मेवारी हुलाकी सडक डिभिजन कार्यलय, प्रहरी प्रशासन र सम्बन्धित निकाय नै हुने कुरा समेत यसै वक्तव्य मार्फत जानकारी गराएका छन् ।
Discussion about this post