धन सिंह धामी, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न भएको छ । ‘‘स्वच्छ र प्रतिस्पर्धा बजार उपभोक्ता सार्वभौम अधिकार दिवस २०८०’’ घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपाल अधिकारीे प्रमुख अतिथि रहनु भएका थिए भने विभिन्न संघ संस्थाका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैगरी उपभोक्ता अधिकार,उपभोक्ता संरक्षण ऐनमा उपभोक्ता अधिकार,उत्पादन भनेको के ? आदि बिषयहरुको बारेमा प्रशासन कार्यालयका सहायक प्रमुख धर्मराज जोशीले वितृत रुपमा व्याख्या गरेका थिए भने उपस्थित प्रतिनिधिहरुले सम्बन्धित निकायको काम कर्तव्य बारेमा छलफल बहस गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित बक्ताहरुले विश्व उपभोक्ता अधिकार दिवसलाई बन्द कोठा भित्रको वहसमा मात्र सिमित नराखी बाहिर उपभोक्ता र बिक्रि कर्ताहरुको विच सहि सन्देश प्रवाह गर्नु पनि सम्बन्धित निकायको जिम्मेवारी भएको बताएका थिए ।
Discussion about this post