डिएसपी विष्ट पुरस्कृत

कञ्चनपुर,
जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख ज्ञान बहादुर विष्ट पुरस्कृत भएका छन । बझाङ्ग प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) विष्ट पुरस्कृत भएका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले डिएसपी विष्टलाई सम्मानका साथै नगद पुरस्कार वितरण गरिएको हो । प्रदेश प्रहरी कार्यालयले गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचन सहित जिल्लाको शान्ति सुरक्षा एव आम नागरिकलाई अमन चयन गराउन प्रभावकारी भूमिका निर्वाह गरेको मुल्याङ्ककन गरेर सम्मानका साथै पुरस्कृत गरेको सुप प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यले डिएपसी विष्टलाई पुरस्कार एव सम्मान हस्तान्तरण गरेका थिए । अहोरात्र जनताको जिउधन राष्ट्रको सुरक्षामा खटिने प्रहरी अधिकृतको कामकाे मुल्याङ्गकन गरेर पुरस्कृत एव सम्मानले थप काम गर्न प्रेरित गरेको प्रहरी अधिकारीले जनाएका छन । नेपाल प्रहरी र जनतामा डिएसपी विष्ट काबिल प्रहरी अधिकृतको रुपमा चिनिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित