एमाले कञ्चनपुर पदाधिकारी जबरजस्ती घोषणा गर्न लागेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी (भिडियो सहित)

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा लक्ष्मी बुढा र सचिवमा पल्लब राज भट्टलाई बनाउनु होला भन्दै निर्देशन गरेपछि एमाले अधिवेशन लम्बिएको थियो । चैत्र १ गते देखि शुरु भएको अधिवेशन अन्तिम प्रयास गर्दा समेत सहमति नजुटेपछि एमाले कञ्चनपुर पार्टी कार्यालमा रहेको निर्वाचन कार्यालयमा एकाविहानै तालाबन्दी गरेको छ ।

 

सहमतिका लागि हिजो अवेर राती नेताहरुलाई धनगढी बोलाएर जबरजस्ती पदाधिकारी भाग लागाई घोषण गर्न थालेको भन्दै पार्टी कार्यालयमा ताला लगाईएको हो । प्रतिनिधीहरुलाई यतिका दिन सम्म रोकेर जबरजस्ती पदाधिकारी घोषण गर्नु ठिक नभएको भन्दै उनीहरुले ताला लगाएका हुन । प्रतिनिधीहरुले स्वतन्त्रतापूर्वक उम्मेदवार छान्न पाउने अधिकारलाई कुन्ठित गरिन लागेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

निर्वतमान उप सचिव कर्ण चन्दको नेतृत्वमा ताला लगाइएको हो । जबरजस्ती पदाधिकारी घोषण गरेर पार्टीलाई विभाजनमा ल्याउन खोजेको भन्दै कञ्चनपुर एमाले नेता कार्यकर्ता रुष्ट बन्दै गएका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित