जल उपभोक्ता संघ ब्लक ६ मा उपाध्यक्ष र क्षेत्रीय प्रतिनिधी बाहेक सबै निर्विरोध चयन

297
VIEWS

बेलडाँडी,
महाकाली सिंचाई जल उपभोक्ता संघ क्षेत्रीय समिति अन्तर्गत ब्लक नं.६मा उपाध्यक्ष र क्षेत्रीय प्रतिनिधी बाहेक सबै निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा पुर्णानन्द भट्ट, महाचिवमा जय बहादुर कुवर, सचिव देव सिंह ठगुन्ना, कोषाध्यक्ष सत्यराज कोइराला, महिला सदस्य ललिता भट्ट,पार्वती गिरी,मिना जोशी, दलित जनजाती आदिवासी र अल्पसंख्यक सदस्य कृष्णलाल चौधरी र बुद्धिराम चौधरी, खुल्ला सदस्यमा मान बहादुर खडका र यज्ञराज भट्ट निर्विरोध चयन भएको अन्तिम नामावली प्रकाशनमा उल्लेख गरिएको छ । केन्द्रिय प्रतिनिधीमा नरेश धामी र तिलकराम डगौरा समेत निर्विरोध चयन भएका हुन ।

भोली विहान ब्लक नं. ६ को प्राङ्गणमा ब्लक उपाध्यक्ष पद र क्षेत्रीय प्रतिनिधीका लागि निर्वाचन हुने भएको छ । क्षेत्रिय प्रतिनिधीहरुमा खेमराज भट्ट, हर्कदेव जोशी र पुष्पकमल पण्डित वीच प्रतिस्पर्धा हुने छ भने ब्लक ६ उपाध्यक्ष पदका लागि डम्मरलाल राना र रतन सिह खडका भिड्ने भएका छन् ।

निर्वाचन मण्डलको समय तालिका अनुसार आज ४ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुदा सम्मको अवस्थामा दुई पदका लागि निर्वाचन हुने भएको जनाए । भोली विहान ८ बजे देखि ३ बजे सम्म निर्वाचन हुने छ भने निर्वाचन सम्पन्न भए लगत्तै मतदान हुने निर्वाचन संयोजक सचिन कठायतले जानकारी गराउनु भयो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार