संविधान दिवसको अवसरमा पुनर्वासमा रक्तदान कार्यक्रम

14
VIEWS

बेलडाँडी,
आज संविधान दिवसको अवसरमा सरकार स्थानीय सरकार, संघ संस्थाहरुले विभिन्न कार्यक्रम संविधान दिवस मनाएका छन् भने पुनर्वास नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्दै ८औं राष्ट्रिय संविधान दिवस मनाएका छन् ।

नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखा संग समन्वय गर्दै पालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न संघ सस्था, प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, पत्रकार, समाजिक व्याक्तित्वहरुका विच रक्तदान कार्यक्रम आयोजना गरेको पालिकाले जनाएको छ ।

रक्तदान जीवन दान हो भन्दै संविधानको रक्षाका निम्ति सबैले एक भएर अघि बढ्नु पर्ने नगरप्रमुख तोयानाथ शर्माले सन्देश दिनु भयो । उहाका अनुसार यो संविधानले सबैलाई समेटेको भन्दै यसको संरक्षण गर्नु नेपालीको दायित्व रहेको जनाए ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार