कञ्चनपुर प्रहरीको नागरिक सुनुवाई सम्पन्न, वर्षमा १४७ जना फरार प्रतिवादी पक्राउ

35
VIEWS

केशब थापा/महेन्द्रनगर ,  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगर स्थित उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजना तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरको समन्वय र सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको सहकार्यमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यालयले आफ्नो वार्षिक उपलब्धि विवरण सार्वजनिक गरेको थियो । जसमा आजसम्म भएका काम कारबाहीको विवरण कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रस्तुत गरेका थिए । जोशीले वार्षिक लक्ष्य र सम्पादन गरेका कामहरू बारे जानकारी दिएका थिए ।

एसपी जोशीले हालसम्म वार्षिक ४ वटा नागरिक सुनुवाई हुनुपर्नेमा ६ वटा , सामुदायिक कार्यक्रम ४२० हुनुपर्नेमा ११२२, अल्पसंख्यक संग कार्यक्रममा १५ हुनुपर्नेमा २८ वटा, लागू औषध महाअभियान शून्य लक्ष्यमा ५४० वटा कार्य सम्पन्न गरेको जनाए । प्रहरीले चालू आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १४७ जना फैसला भई फरार रहेका प्रतिवादी पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ९२ जना मात्रै पक्राउ भएको प्रहरीले श्रोतले जनाएको छ । जिल्ला प्रहरी कंचनपुरको अरु आर्थिक वर्ष भन्दा तुलनात्मक रुपमा उलेख्य उपलब्धि गरेको समेत दाबी गरेको छ । लागू औषध नियन्त्रणका सम्बन्धमा सबैको साथ र सहयोग आबस्यक भएको एसपी जोशी बताउँछन् ।

कानूनको दायरामा ल्याएर कारबाही गर्न कसै संग कुनै पनि किसिमको पक्षपात नहुने समेत उनले बताए । उनले भने , “ कसैलाई पहुँचका आधारमा छुट दिइने छैन कानून विपरितका काम गरेका सबैलाई समान ढंगले कारबाही हुन्छं ।”

नागरिक सुनवाई कार्यक्रममा प्रमुख अतिथि रहेका कञ्चनपुर जिल्ला सिडियो गोपाल प्रसाद अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै निकाय दृढ भएर लागेको बताए । उनले भने , “ अरु यो गर्यो त्यो गर्यो भन्दा पनि अपराध का कहिले घट्यो भनेर सम्बन्धित निकायमा सूचना पुर्याउन आबस्यक छ ।”

नागरिक सुनुवाइमा सहभागीहरुले प्रहरीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न थप प्रभावकारी ढंगले अगाडि बढ्नु पर्ने बताएका थिए । पछिल्लो समयको ज्यादै ठूलो समस्याको रूपमा रहेको लागू औषध दुर्व्यसन नियन्त्रण हुनुपर्नेमा आम नागरिकको जोड थियो ।

समुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर, कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद बोकटीको सभापतित्वमा भएको नागरिक सुनवाई कार्यक्रममा कञ्चनपुरका सुरक्षा निकायका प्रतिनिधि , जनप्रतिनिधि , सर्वसाधारण र अन्य सरोकारवाला निकाय सहभागी थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार