बेलडाँडी वडा नं.२ द्धारा जेष्ठ नागरिकहरुलाई समुदाय स्तरमा आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम शुरु

127
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ ले जेष्ठ नागरिकहरुलाई समुदाय स्तरमा आधारभूत स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको आज औपचारिक रुपले उदघाटन गरेका छ ।

वडा कार्यालयले स्वास्थ्य संस्था नजान सक्ने ७५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुका लागि निःशुल्क आधारभूत स्वास्थ्य अवस्था चेकजाच गर्ने र औषधी वितरण गर्ने जनाएको छ । कार्यक्रमका अध्यक्ष तथा वडा नं.२ का वडाध्यक्ष नारद सिंह उर्यालका अनुसार आफ्ना नागरिकको जीउधनको रक्षागर्नु आफुहरुको दायित्व रहेको भन्दै जेष्ठनागरिकहरुको जतिसक्दो स्वास्थ्यमा सुधार ल्याउने प्रयास गर्ने जनाए ।


उदघाटन कार्यक्रम बृक्षारोपण गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष हरिचन्द्र रानाले विरुवा जस्तै जीवन हुर्कने हुनाले मानव स्वास्थ्यलाई समेत त्यसरीनै हुर्काउनु पर्नेमा जोड दिए । यस कार्यक्रमलाई टोटोल घरघरमा पुर्याउएर सेवा दिने गाउँपालिकाको लक्ष्य रहेको बताए । यस्तै उपाध्यक्ष शान्ती नाथले भने यस कार्यक्रमलाई निरन्त्रता दिनुपर्नेमा जोड दिए । आम जेष्ठ नागरिकलाई यसको फाइदा लिन आग्रह गर्दै अझै यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ आफुहरु लाग्ने बताए ।

कार्यक्रममा अतिथि नेकपा माओवादी केन्द्रका बेलडाँडी अध्यक्ष डम्मवर शाहले यो कार्यक्रम एकदमै राम्रो भएकाले यसलाई प्रभावकारी बनाउनमा सबै पक्षले सघाउनु पर्नेमा जोड दिए । नेकपा एमलो बेलडाँडी सचिव गणेश बहादुर बिष्टले यो कार्यक्रम टोलटोमा या स्वास्थ्य केन्द्रमै गरेका भए अझ प्रभावकारी हुने सुझाव दिए ।

कार्यक्रमको संचालन सामाजिक परिचालक दिनेश खडकाले गर्नु भएको थियो भने स्वागत मनतब्य वडा सदस्य रमेश चनाराले राख्दै भने यो कार्यक्रमलाई प्रभावकारी बनाउन टोलटोलमा स्वास्थ्य समिति गठन गरेर तीन तीन महिनाको अन्तरालमा निःशुल्क शिविर जस्तै चलाउने बताए ।

कार्यक्रममा जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार