कुस्तीमा सुदूरपश्चिमबाट बेदकोटका रैकाल छनोट, सुदूरपश्चिम लाई स्वर्ण दिलाउने अठोट

43
VIEWS

महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेश स्तरिय कुस्ती खेलमा कञ्चनपुरको बेदकोट नगरपालिकाका कर्मचारी बिनोद रैकाल छनोट भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगर कबर्डहलमा आयोजित प्रदेश स्तरिय कुस्ती खेलमा बिहिबार रैकाल छनोट भएका हुन् । एक सय २५ केजी तर्फको प्रतियोगितामा सहभागि भएका रैकाल विजय भए संगै नवौं राष्ट्रिय खेलकुदका लागि सुदूपश्चिमबाट खेल्नेछन् ।

कुस्ती खेलाडी रैकाल बेदकोट नगरपालिकामा कार्यरत छन् । उनी नगरपालिकाको दमकल चालक हुन् । राष्ट्रिय खेलकुदमा रैकालले कुस्तीमा यस पुर्व दुई पटक सम्म सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाई सकेका थिए । यस पटक पनि सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाउने कुस्ती खेलाडी रैकालको अठोट छ । नवौँ राष्ट्रिय खेलकुद असोज तेस्रो सातादेखि पोखरामा सञ्चालन हुँने भएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार