बेलडाँडी,
बेलडाँडीमा बुद्धिजीवी परिषदको अध्यक्षमा दिपेन्द्र बहादुर बुढा सर्वसम्मत चयन भएका छन् ।
आज बेलडाँडीमा भएको प्रथम गाउँ अधिवेशनले नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा बुढालाई सर्वसम्मत चयन गरेको बुद्धिजीवी परिषद जिल्ला सदस्य बम बहादुर बुढाले जानकारी गराउनु भयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले निकट नेपाल बुद्धिजीवी परिषद् बेलडाँडी अधिवेशन सनिवार सम्पन्न भएको जनाए । भेलाले बुढाको अध्यक्षतामा पछि थप्ने गरी १६ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा धनी दत्त भट्ट, सचिवमा कृष्ण धामी, उपसचिवमा टेकेन्द्र प्रसाद जोशी र जयलक्ष्मी जोशी कोषाध्यक्षमा दिल बहादुर खडका चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा धनवीर राना क्षेत्र, मान सिह राना क्षेत्री, भानु भक्त पौडेल, अम्मर बहादुर थापा रहेका छन् भने केहि सदस्य पछि थपिने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दुर्गा कलौनीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई विजयी गराउन बुद्धिजीवी परिषद्ले महत्वपुर्ण भूमिका खेल्ने बताए ।“आगामी मंसीर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ, कलौनीले भने,पार्टीलाई जिताउन संगठनले अहम भूमिका खेल्नेछ” । यस समितिले पार्टीको हितमा घोषण पत्र, रणनिति, नितिनियम समेत बनाउनु पर्ने बताए ।
यस्तै कार्यक्रममा अधिकांस बक्ताहरुले भने पार्टीलाई बोद्धिक रुपमा पार्टीलाई सहयोग पुर्याउने सबैको दायित्व रहेको भन्दै बेलडाँडीमा नेकपा एमालेलाई बलियो बनाउन ऊर्जा थप्ने काम गर्नुपर्ने र पार्टीलाई पुरानै बलियो अवस्थामा पुयाउन सबै पक्षले जोडदिनुपर्नेमा सबै एकमत भएका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश कमिटि सदस्य धन बहादुर थापाक्षेत्रीले बौद्धिक जगतलाई अझ प्रभावकारी रुपमा बलियो बनाउन बुद्धिजीवी बर्गको मुख्य हात रहेको जनाए ।
नेपाल बुद्धिजीवी परिषद् केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज दुर्गा कलौनीको प्रमुख आतिथ्यमा कार्यक्रमको सभापतित्व जिल्ला सदस्य बम बहादुर बुढाले गर्नु भएको थियो । पार्टीका प्रदेश सदस्य, जिल्ला कमिटि सदस्य, निजामति कर्मचारी संगठनका प्रमुख, एमाले निकटका विभिन्न भादृसंगनका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पार्नुहुदै कार्यक्रमको सञ्चालन शिक्षक मदन साउदले गर्नुभएको थियो ।
Discussion about this post