तीन दशकपछि महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रको नेतृत्व बेलडाँडीलाई महाकाली सिँचाई केन्द्रीय समितिको अध्यक्षमा थापा निर्वाचित

कञ्चनपुर,
महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको अध्यक्षमा सिँचाईकर्मी भीम बहादुर थापा निर्वाचित भएका छन ।

जल उपभोक्ता संघ केन्द्रीय समितिको नयाँ कार्य समिति चयनका लागि हिजो आइतबार भएको निर्वाचनमा केन्द्रीय अध्यक्षमा बेलडाँडीका थापा निर्वाचित भएका छन ।

थापाले आफ्ना प्रतिद्वन्दी चेतन कुमार राईलाई १९मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । थापाले ७४ र राईले ५५मत पाएका थिए । उपाध्यक्षमा सुरेन्द्र चन्द निर्वाचित भएका छन । उनले आफ्ना प्रतिद्वन्दी दिलिप सिह बडाऐरलाई ३७मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन ।

महासचिव दिलिप बहादुर कुँवर निर्वाचित भएका छन । कुँवरले आफ्ना प्रतिद्वन्दी भुपेन्द्र सिह नागरीलाई २४ मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । कोषाध्यक्षमा कृष्ण प्रशाद जोशी निर्वाचित भएका छन । जोशीले आफ्ना प्रतिद्वन्दी बीर बहादुर बडुवाललाई २१मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । जोशीले ७३ र बडुवालले ५२मत ल्याएका थिए ।

पहिलो पटक तीन दशकमा केन्द्रीय समितिको नेतृत्व दक्षिणी क्षेत्र बेलडाँडीमा गएको छ । सचिवमा यस अघि नै नरेन्द्र सिह धामी निर्बिरोध निर्वाचित भएका थिए । कुल १३२मतदाता रहेका छन । तीन दशकदेखि केन्द्रीय नेतृत्व जिल्लाको माथिल्लो भेगमा रहने गरेपनि यस पटक केन्द्रीय नेतृत्व दक्षिण भेगमा गएको छ ।

बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका थापा राजनीतिकर्मी, संरक्षणकर्मी, किसान नेता एव समाजिक अगुवा हुन । डेढ दशकदेखि सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका थापा टर्सरी अध्यक्षदेखि क्षेत्रीय समितिको नेतृत्व निर्वाह गरिसकेका छन । एसएचआर १/२को अध्यक्ष भएका थापा ६ नम्बर ब्लक अध्यक्ष, महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष भएका थिए ।

थापाले आफु क्षेत्रीय समितिको अध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र हटाएको र अहिले पनि हटाउने योजनाका साथ चुनावमा होमिएका थिए ।
थापाले महाकाली सिँचाईको नहर प्रणाली सुधार गर्ने, सिँचार्ई प्रणालीलाई उत्कृष्ठ बनाउने, सिँचाईका सम्पूर्ण समस्या हटाउँदै किसानलाई सिँचाई सुविधा पु¥याउने योजना अघि बताएका छन् । ‘मैले यस अघि गर्न बाँकी रहेका सिँचाई सुधारका अधुरा योजना अघि बढाउँछु, ‘उनले भने, ‘गड्डाचौकीदेखि बेलौरीसम्म सिँचाईका सम्पूर्ण समस्या समाधान गर्छु ।’

उनले निर्वाचनमा सहयोग गर्ने प्रत्येक्ष अप्रत्यक्ष सम्पुर्णमा हार्दिक अाभार प्रकट गर्दै सहकार्यका साथ अघि बढ्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित