बेलडाँडी,
नेपालीहरुको महान चार्ड विजया दशमीकोे अवसरमा कालिका मन्दिर समिति बेलडाँडी २ द्धारा खुल्ला फुटवल प्रतियोगिता आयोजना गर्दै आज देखि शुरु भएको छ ।
मन्दिर समितिले आज घटस्थापना साइत पारेर प्रतियोगिताको उदघाटन गरेहको हो । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर माविको खेल मैदानमा प्रतियोगिता चल्ने समितिले जनाएको छ ।
आयोजकले प्रतियोगितामा १९ टिमको सहभागिता रहेको जनाउदै प्रतियोगितामा विजेता टिमलाई ५१ हजार १ सय रूपयाँ, ट्रफी, मेडल र प्रमाण पत्र र उप–विजेता हुने टिमलाई २५ हजार १ सय रूपयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने जनाएको छ ।
आयोजनक कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालले भने पहिलो पटक हामीले समितिका तर्फबाट फुटबल प्रतियोगिताको आयोजना गरेकाले धेरै अुनभव भएको छैन यसलाई सफलत भब्य र सभ्य बनाउनमा सबैको साथ सहयोगको खाचो रहेको बताए । चार्डपर्वको अवसार पारेर खेलप्रेमीहरुलाई खेलको अवलोकन गर्न सबैमा अनुरोध समेत गर्नु भयो ।
प्रतियोगिताको उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउपालिका अध्यक्ष हरिश्चन्द्र रानाले गर्नुहुदै बेलडाँडीमा खेलकुद क्षेत्रको प्रबर्द्वन गर्न सहयोग गरिने बताए । यस्तै उपाध्यक्ष नाथले खेलकूदलाई अझ बलियो बनाउन र दक्ष खेलाडी उत्पादन गर्नमा गाउँपालिकाबाट गर्न सकिने सबै सहयोग गर्न आफू प्रतिबद्व रहेको जनाए ।
बेलडाँडी–१ का अध्यक्ष गज बहादुर विष्टले यहाँ खेल मैदानको मुख्य समस्या रहेको भन्दै सर्व प्रथम राम्रो खेल मैदान बनाउन आवश्यक रहेको बताए । उचित स्थान हेरी खेल मैदान बनाउन लाग्ने बताए ।
सो कार्यक्रम सञ्चालनमा बेलडाँडी वडा नम्बर–२ ले ४० हजार बराबरको खेलकुदका सामाग्री सहयोग गरिएको वडा अध्यक्ष नारद सिह उर्यालले बताउनु भयो ।
उदघाटन खेल न्यु खप्तड युवा क्लब र एकता युवा क्लव विच भएको आयोजनकले जनाएको छ ।
Discussion about this post