बेलडाँडी,
कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशमा बुधबार रातिदेखि लगातार वर्षा भएपनि शुक्रबार राती देखि वर्षा बढेको छ ।
मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाइन्छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
गत वर्ष झै यो वर्ष पनि सुदूरपश्चिम प्रदेशभर दसैंको समयमा वर्षा भइरहेको हो। मनसुनी वर्षाको प्रणाली विकास भएकाले सुदूरपश्चिमसहित देशका अन्य भागमा पनि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा अझै एक हप्तासम्म वर्षा हुने प्रणाली विकास भएको महाशाखाको भनाइ छ।
एक हप्तापछि मात्रै मनसुन समाप्त हुने तर आइतबारदेखि तीन दिनसम्म भने सुदूरपश्चिम क्षेत्रमा भारी वर्षकोे सम्भावना रहेको मौसमविद् राजु प्रधानांकले बताए। ‘हामीले तीन दिनको पूर्वानुमान जारी गछौँ शनिबारसम्म पानी पर्ने भन्ने छ,’ उनले भने, ‘त्यसपछि पनि एक हप्ता सुदूरपश्चिममा पानी पर्ने सम्भावना छ, त्यसपछि भने मनसुन हट्ने छ।’
किसानहरुलाई पाकेको बाली वर्षाका कारण भित्र्याउन नबने पछि चिन्तित बनेका छन् । बाली भित्र्याउने समयममा परेको वर्षाले धान बालीमा क्षति हुने चिन्ता किसानमा परेको छ ।
गत वर्ष दसैँको समयमा परेको अविरल वर्षाको कारण सुदूरपश्चिम प्रदेशमा ठुलो क्षति भएको थियो। गत वर्ष किसानले खेतको धान काटेको कारण ७ अर्वको धान नष्ट भएको थियो।
Discussion about this post