तस्करका अवैध समान कञ्चनपुर प्रहरीको फन्दामा

कञ्चनपुर, १२बैशाख । कञ्चनपुर प्रहरीले एकै दिन १५ लाख बराबरको अवैध समान बरामद गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बुधबार १५ लाख ९७ हजार ९३०रुपैया बराबरका अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तस्कर समुहले भन्सार चोरीछली गरेर नेपाल भित्र्राउन लागेका अवैध समान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले विभिन्न स्थानबाट भन्सार नकाटेर नेपाल भ्रित्राउन लागेका अवैध समान बरामद गरिएको बताए ।

प्रवक्ता जोशीका अनुसार भन्सार छलीका गहुँ, ट्याक्टर, डिउ, साईकल, चिनी, कपडा, बिडी सहितका व्यवसायी समान बरामद गरिएको छ । बेलौरीबाट १४लाख, ६२ हजार, सुकासालबाट ५४ हजार, ७३०, मझगाँउबाट १०हजार बराबरको तस्करीको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ ।

गत फागुनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी चक्रराज जोशीले तस्कर बिरुद्धमा अघिल्ला एसपी कमल थापाकै स्प्रीट अनुरुप चोरी, तस्करी भन्सार चोरी छली बिरुद्धमा कडाई गरेका छन ।

विगतका बर्षहरुमा प्रहरीले तस्करबाट महिनावारी अशुल्ने र नदिनेमाथि कडाई दिनेमाथी छुटदिने प्रवृतिलाई अधिल्ला एसपी थापा र अहिलेका एसपी जोशीले चिर्दै आएपछि तस्कर समुहको विचल्ली भएको स्थानीयले अनुभव व्यक्त गरेका छन ।

स्थानीयले तस्कर बिरुद्धमा प्रहरीले निर्मम हुनुपर्ने र व्यवसायीले समेत कानुन अनुरुप स्वाभिमानका साथ भन्सार काटेर ल्याउनुपर्ने सुझाव दिर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित