निर्वाचन आचारसंहिता पालना गर्ने कञ्चनपुरका राजनीतिक दलको प्रतिबद्धता

41
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जोहर गरेका छन । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने जिल्लाका राजनीतिक दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले महेन्द्रनगरमा आयोजना गरेर सर्वदलिय बैठकमा दलका प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धा जाहेर गरेका हुन । निर्वाचन आयोगले राजनीतिक र तिनका उम्मेदवार एव अन्य सबै स्वतन्त्र सहितका उम्मेबारको खर्च मितव्ययी बनाउनका लागि आचारसंहिता बनाएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उम्मेदवारी दर्ताका लागि बढिमा २५जनासम्म आउने विषयमा निर्वाचन अधिकृतको कार्यालय भित्रमा प्रवेस सहजिकरण गराउनुपर्नेमा जोडदिए ।

नेकपा एमाले उपसचिव कर्ण बहादुर चन्दले आचारसंहिता पुर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै आयोग चनाखो हुनुपर्नेमा जोडदिए । नेकपा माओवादी नेतृ माया नेगीले आचारसहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै अपाङ्ग, अशक्तका लागि मतदानका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका सचिव हरक सिह धामीले पार्टीले पुर्ण आचारसंहिता पालना गर्ने बताउँदै मतदानका लागि मतदान केन्द्रमा बाहिर टेबुल राखेर चिट दिने काम बन्द गर्नुपर्नेमा जोदिए । राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले मतदानका लागि दलका कार्यकर्ताले मतदाता प्रभावित पारेर ओसार्नुपर्ने काम बन्दमा जोडदिए ।

स्वतन्त्र उम्मेदवार दिवान आग्रीले पैशा वितरण गर्नेमाथि कार्बाहीको माग राखे । विपी काँग्रेस कञ्चनपुरका अध्यक्ष प्रकास बहादुर सिहले ठुला दलबाटै आचारसंहिता उलङघन हुने बताए । जनमोर्चा युवा नेता लाल ब. कुँवरले आफ्नो दलले पुर्ण आचारसहिता पालनामा जोडदिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सरोकारवाला पक्ष जिम्मेबार भएर निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आब्हान गर्नुभयो । मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले सबैले आ–आफ्नो ठाँउबाट आचारसंहिता पालना गर्नुपर्नेमा जोडदिदै उलङघन गरेको प्रमाणित भए कार्बाही गरिने बताए ।

‘यस पटक सम्बन्धीत क्षेत्रका कर्मचारीलाई फरक ठाँउमा जिम्मेबारी दिईन्छ, ‘मुख्य निर्वाचन अधिकृत शाहले भने, ‘स्थानीयलाई सोही स्थानमा खटाईदैन ।’ दल निकट कर्मचारी संगठनमा पदाधिकारी हुँदा विगतमा गुनासो आएकाले त्यस्ता कर्मचारीलाई खटाउने विषयमा सोच्नुपर्ने बताए । औपचारिक कार्यक्रममा प्रतिबद्धता जाहेर गर्ने तर, व्यवहारमा कार्यान्वन नगर्ने दलहरुलाई आरोप लाग्दै आएकोछ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार