कञ्चनपुर, १७ बैशाख । चालु शैक्षिक सत्र ०८१ मा कञ्चनपुरका निजी विद्यालय (बोडिङ्ग स्कुल)ले विद्यार्थी भर्ना शुल्क बृद्धि गरेको, कमिसनमा पाठ्यक्रम परिर्वतन गरेको, निश्चित पसलबाट किताब, कापी, यूनिफम सहितका शैक्षिक समाग्री खरिद गर्न लगाएर विद्यार्थी अभिभावको ढाड सेक्ने काम गरेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्लाका पाँच बोडिङ्ग स्कुलमा तालाबन्दी गरेको थियो ।
क्रान्तिकारी विद्यालय संगठनले तालाबन्दी गरेको भोलीपल्टै भीमदत्त नगरपालिकाले सोमबार पालिका कार्यालयमा संयुक्त बैठक आब्हान ग¥यो । भीमदत्त नगरपालिकामा भएको त्रिपक्षीय बैठकमा निजी विद्यालयका संचालकदेखि प्याब्सन, एन प्याब्सनका संचालकहरुले शुल्क बृद्धि नगर्ने सहमती जनाएका छन ।
त्रिपक्षीयविच भएको बैठकमा तीन बुँदे सहमती भएको छ । क्रान्तिकारीको शुल्क बृद्धि बिरुद्धमा गरिएको आन्दोलनमा निजी विद्यालयका संचालकहरुले गत शैक्षिक सत्र ०८०कै शुल्क लिने सहमतीपछि क्रान्तिकारीले तालाबन्दी खोल्न सहमत भएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले निजी विद्यालयका संचालक, एनप्याब्सन, प्याब्सनका पदाधिकारी सहमत भएपछि ताला खोलेको बताए ।
भीमदत्त नगरपालिकाबाट अर्को निर्णय नहुँदासम्म संस्थागत विद्यालयले हाललाई ०८०कै मासिक शुल्क लिने सहमती भएको छ । निजी विद्यालयले बृद्धि गरेको शुल्क घटाई ०८०कै कायम गरे नगरेको अनुगमन गरिने भएको छ ।
विद्यालयले लिने भर्ना शुल्क, पाठ्यपुस्तक व्यवस्थापन तथा विद्यालय बर्गिकरण लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेश गर्न भीमदत्त नगरपालिकाले एनप्याब्सन, प्याब्सन र विद्यार्थी संगठनको समेत प्रतिनिधी हुनेगरी अनुगमन तथा सुझाव समिति गठन गर्ने सहमती गरेका छन ।
क्रान्तिकारीले यस अघि लगाएका पाँच विद्यालयमा ताला खोलेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, भीमदत्त नगरका उपप्रमुख निलम लेखक सहितका सरोकारवालाहरुको उपस्थितिमा भएका तीन बुँदे सहमती कार्यान्वयन गर्ने पक्षमा सरोकारवालाले जोड दिएका छन ।
अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, गत शैक्षिक सत्र ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, गत बर्षकै पुस्तक हुनुपर्ने, विद्यार्थीबाट हरेक बर्ष भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनितम १० प्रतिशत छात्रबृति वितरणका लागि दिनुपर्ने सुचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको थियो ।
क्रान्तिकारीले विद्यार्थी भर्ना अभियानकै क्रममा विद्यार्थीको हकहितका लागि उठान गरिएका बुँदा कार्यान्वयन नहुँदा जनज्योती मावि, सार्क एजुकेशन, आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी र ईन्टरनेशल स्कुलमा तालाबन्दी गरिएको बताए ।
निजी विद्यालयहरुले विद्यार्थी ओर्सानका लागि यातायात शुल्कमा समेत मनोमानी भएको, यातायात मापदण्ड पालना नगररे जोखिमयुक्त ओसारपोसार गर्ने गरेको भन्दै त्यसतर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्नेमा जोडदिएका छन । क्रान्तिकारी गैर कानुनी विद्यार्थीलाई क्षमता बढि अध्ययन गराएको र शैक्षिक सरचना मापदण्ड समेत पुरा नगरेको विद्यालय बन्द गर्न शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।
निजी विद्यालयले हरेक बर्ष बृद्धि गर्ने शुल्क, पाठ्यपुस्तक परिर्वतन, निश्चित पुस्तक तथा कपडा पसलबाट किताब, स्टेशनरी, युनिफम सहित शैक्षिक समाग्री खरिद गर्न लगाउने प्रवृतिले अभिभावक, विद्यार्थी हैरानी खेप्नु परेको भन्दै क्रान्तिकारीले अभिभावको ढाँटसेक्ने र विद्यार्थीलाई अनावश्यक बोझ नथप्न आब्हान गरेको छ ।
Discussion about this post