लालझाडीको एक निजी विद्यालयले कक्षा ८ को बोर्ड परीक्षामा लगातार तेस्रो पटक प्रथाम स्थान (भिडियो)

लालझाडी । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकामा रहेको एक निजी विद्यालयले विगत तिन वर्षदेखि लगातार कक्षा ८ को बोर्ड परीक्षामा पालिका स्तरमै प्रथम स्थान हासिल गरेको छ । लालझाडी गाँउपालिका ४ जाई परसियामा रहेको भृकुटी ईङलिस बोर्डिङ स्कुलले लगातार तेस्रो पटक प्रथम स्थान ल्याउदै पालिका स्तरमा हैटट्रिक गरेको छ ।


२०७८ देखी २०८० सम्मको बोर्ड परीक्षामा सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले अन्य विद्यालय भन्दा बढी जिपिए ल्याएर पालिकामा प्रथम भएको विद्यालयका कार्यकारी निर्देशक भक्ता रानाले जानकारी गराउनु भयो । २०६८ सालमा गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको विद्यालयले सरकारले अरबौं लगानी गरेका सरकारी विद्यालयलाई पछि पार्दै पालिका स्तरमा हैटट्रिक गरेको छ । अहिले उक्त विद्यालयमा बालविकास देखी कक्षा ८ सम्म अध्ययन भइरहेको र २ सय ७० जना विद्याथीहरुले अध्ययन गरिराखेको छन् ।

२०८० को कक्षा ८ को बोर्ड परिक्षामा १५ जना छात्रछात्राले परीक्षामा भाग लिएको र जसमध्ये १० जनाको ए प्लस, ४ जनाको ए र १ जनाको बि प्लस नतिजा आएको उहाँले बताउनु भयो । आफुसंग अहिले १४ जना दक्ष शिक्षक शिक्षिकाहरु रहेकोे र उहाँहरुले नै गुणस्तरिय शिक्षा दिएर विद्यार्थीहरुले आफनो परीक्षामा राम्रो नतिजा ल्याउन सफल हुनु भएको कार्यकारी निर्देशक रानाले बताउनु भयो ।

२०७८ सालमा तत्कालिन पालिका सरकारले पालिका स्तरमा प्रथम हुने विद्यालयलाई नगद ५० हजार सहयोग गर्ने उदघोष गरेको भएपनि आफनो विद्यालयलाई अहिले सम्म एक रुपैँया पनि सहयोग नभएको उहाँले गुनाशो गर्नु भयो । पालिका आफैले उत्कृष्ट हुने विद्यालयलाई सहयोग गर्ने भनेर घोषणा गरेको भएपनि अहिले सम्म उक्त विषयमा कुनै पनि सुनवाइ नभएको उहाँले बताउनु भयो ।

२०७८ मा अनुमती पाए पश्चात नै आफना विद्यालयबाट सतप्रतिशत विद्यार्थीहरु उतिर्ण भएको विद्यालयका प्रिन्सिपल रामजती रानाले बताउनु भयो । विगतका दिन धेरे दुःख गरेर यस्तो दुर्गम क्षेत्रमा विद्यालय खोलेर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको अवस्थामा विद्यार्थीहरुले पनि मिहिनेतका साथ आफनो अध्ययन गरेर नै पालिकामा प्रथम स्थान हासिल गरेको बताउनु भयो ।

यहि विद्यालयबाट अध्ययन गरेर गएका विद्यार्थीहरुले अहिल राम्रो कलेजमा छात्रवृत्तीमा नाम निकाले, कोही इन्जिनियर डाक्टर पाइलटको पनि अध्ययन गरिरहेको प्रिन्सीपल रानाले बताउनु भयो । विद्यार्थीहरुलाई पढाइको साथमा व्यवहारीक ज्ञान पनि सिकाइ गराई उहाँहरुको सर्वाङगिण विकासमा पनि साथ र सहयोग गरिरहेको जनाए ।

साथै विगतमा पनि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको यो विद्यालयले आगामी दिनहरुमा पनि प्रविधी मैत्री विधीबाट सिकाइ गराउने, अझ बढी गुणस्तरिय शिक्षा कसरी दिन सकिन्छ भनेर अभिभावकहरु संगको छलफल र सिकाइमा पनि नयाँपन ल्याउने प्रिन्सीपल रानाले बताउनु भयो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित