कञ्चनपुर,
आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरविच चुनावी गठबन्धन गर्ने सहमती भएको छ ।
राप्रपा र एमालेविच शनिबार औचारिक रुपमा ५बुँदे सहमती भएको छ । सहमती पत्रमा एमालेका तर्फबाट जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, राप्रपाका तर्फबाट जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन । साक्षीमा एमालेका तर्फबाट निरुदेवी पाल, राजेन्द्र सिह रावल, निरुदेवी पाल, ईश्वरी खरेल र राप्रपाका तर्फबाट हिक्मत सिह भण्डारी, तिर्थलाल चटौत, धर्मराज जोशी, हिरासिह बोहराले हस्ताक्षर गरेका छन ।
क्षेत्र ३(क)मा राप्रपा र अन्य राप्रपाले उम्मेदवारी नदिएका क्षेत्रमा एमाले सघाउने गरी ५बुँदे सहमती भएको छ । तर, उक्त सहमतीको एमाले कञ्चनपुरका जिम्मेबार पदाधिकारीले सहमती जनाएका छन । एमाले कञ्चनपुरका भारीमतले निर्वाचित उपसचिव कर्ण बहादुर चन्दले कम्युनिष्ट जस्तो पार्टीले राजावादीपार्टीसंग कुनै विचार, र्दशन नै नमिल्नेसग चुनावी कार्यगत एकता गरेर राजनीतिक रुपमा लज्जास्पद काम गरेको टिप्पणी गरेका छन ।
एमाले उपसचिव चन्दले केही एमालेका मान्छेहरुले राप्रपाका उम्मेदवारबाट करोडौँ रकम लिएर पैशामा सिट बेचेको गम्भिर आरोप लगाएका छन । ‘हाम्रो पार्टीले जित्ने एकमात्रै सिटमा सहमती भयो, ‘उनले भने, ‘केही एमालेका मान्छेले उक्त सिट राप्रपालाई मोटो रकममा बेचिदिए, यसको छानबिन हुनुपर्छ ।’
उपसचिव चन्दले पार्टीले उक्त निर्वाचन क्षेत्रमा एमाले नेता नन्दलाल चटौतलाई आधिकारिक टिकट दिएपनि पैशामा किनबेच भएकाले सिट नै राप्रपाका सुप प्रदेश अध्यक्ष धर्मराज जोशीले किनिदिएको बताए । एमाले जिल्लाका मुख्य जिम्मेबार पदाधिकारी नै उक्त सिट पैशामा बेचेको खुलेयाम संचारकर्मीसंग भनिरहेका बेला दुवै पार्टीबाट सो विषयमा कुनै खण्डन आएको छैन ।
कसले पैशा दियो, लिने भन्ने विषयमा समेत खुलाउन चाहेनन । उपसचिव चन्दले समय आएपछि रकम दिने र लिनेको नाम सार्वजनिक गर्ने बताए । राजावादी लिगेकी बोकेका दललाई पैशामा टिकट नै बेच्ने कामबाट सच्चा कम्युनिष्ट लज्जित भएको बताउँदै उनले उक्त सिट राप्रपालाई दिन नहुने बताए ।
कर्ण चन्दले लगाएको आरोपमा केही एमाले नेताहरुले आफुले टिकट नपाएपछि आक्र्रोस मात्रै व्यक्त गरेको टिप्पणी गरेका छन । चन्दले लगाएको आरोप निराधार र पुष्टी गर्न चुनौती दिएका छन ।
Discussion about this post