कञ्चनपुर एमालेमा पहिरै-पहिरो पुराना नेता सुवेदीद्वारा समेत पार्टीबाट राजीनामा, राजिनामा दिनेको संख्या बढ्दा समेत एमाले बिउँझेको छैन्

कञ्चनपुर,
कञ्चनपुरमा संघ र प्रदेशको टिकट वितरणमा अवसरवादीहरूलाई टिकट दिएको भन्दै पुराना नेताहरूद्वारा धमाधम राजिनामा दिने कार्य चलेको छ । यसरी पाटीका मुख्य ब्याक्तित्वले राजिनामा दिदा समेत एमाले बिउँझेको छैन् ।

एमालेका पुराना नेता खेम सुवेदीले अाज एमाले पार्टीबाट राजिनामा गरेका छ्न । यस्तै हिजो एमाले कञ्चनपुरका नेता टेक बहादुर हमाल र जयराज पाण्डेले सयुक्त रूपमा पार्टी परित्याग गरेका थिए । भने वीर बहादुर थापालाई संघको टिकट नदिए उनका समर्थकहरूले समेत राजिनामा दिने तयारी गरेका छन् । पाटीलाई परेकाबेला काध थापेका थापालाई बिस्तापित गर्न ठूलो सडयन्त्र गरिएको छ ।

सुवेदीले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै जानकारी गराएका हुन । उनले आजैका मितिदेखी आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी गराएका छन् ।

जुन पार्टीलाई उकास्नको लागि जीवनको सम्पूर्ण समय खर्च गरियो, आज त्यही पार्टीमा आफ्नो भविष्य नदेखिएकाले आफूले स्वतन्त्र भएर बस्न चाहेको नेता सुवेदीको भनाइ छ ।
आफू २०५१ सालदेखि लगातार २०७९ सालसम्म टिकटका लागि सिफारिसमा परेपनी आफ्नो नाम अन्तिम चरणमा हटने गरेको बताए ।

टिकटकै कारण राजनीति गरेको भए २०५१ सालमा टिकट नपाएपछि नै पार्टी छोडथे तर हालसम्म पार्टीका लागि आफूले निरन्तर काम गरीरहेको नेता सुवेदीको भनाई थियोे ।

स्वतन्त्र रुपमा रहने तर स्वतन्त्र उम्मेदवार भएर उठने कि नउठने भन्ने बारेमा अहिलेसम्म निर्णय नगरेको र सहकर्मी साथीहरूसंग बसेर छ्लफल गरेपछि मात्र यसबारेमा निर्णय गरीने उनले बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उनको नाम सिफारिसमा परेपनि अन्तमा तारालामा तामाङलाई पार्टीले उम्मेदवार बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित