विद्यार्थी दिवस : बैद्य क्रान्तिकारीद्वारा कञ्चनपुरका सात विद्यालयमा खानेपानीका समाग्री वितरण

गजेन्द्र चन्द/कञ्चनपुर, जेठ १ । अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसर पारेर बैद्य निकट अखिल क्रान्तिकारीले जिल्लाका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको हो ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले दिवसका अवसरमा सामुदायिक विद्यालयमा विद्यार्थीको सहजताका लागि केही समाग्री वितरण गरिएको बताए । उनका अनुसार महेन्द्रनगर मावि, बैजनाथ मावि, शान्ति निकेतन, बैजनाथ आधारभूत, लक्ष्मी मावि गौरीशंकर आधारभूत र त्रिभुवन माविमा पानी पिउने बाल्टी, गिलास र डस्टबिन वितरण गरिएको छ ।

बैद्य क्रान्तिकारीले महेन्द्रनगरको अमर शहीद आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । बैद्य निकट क्रान्तिकारीका कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले अमर शहीदमा रहेका शसक्त विद्यार्थीलाई शैक्षिक समाग्री सहित फलफुल वितरण गरिएको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका नेता कार्यकर्ता, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित