कञ्चनपुर क्षेत्र १ मा यि हुन सत्ता गठबन्धनका उम्मेदवार संघमा बिना, प्रदेशमा विष्ट र राना

बेलडाँडी,
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारको टुङगो लागेको छ । क्षेत्र नं. १मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ ।

प्रतिनिधी सभा सदस्य उम्मेदवारमा यस अघि नै नेकपा माओवादीले पोलिट्ब्यूरो सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरलाई अघि सारेको थियो । माओवादी केन्द्रले समेत मगरकै नाममा टिकट दिने निर्णय गरेको छ ।

काँग्रेसले प्रदेश १(क)बाट बन्धु राना र १(ख)मा दिवान सिह विष्टलाई टिकट दिएको छ । संविधान सभा सदस्य समेत रहेका काँग्रेस नेता विष्ट संघमा एकल सिफारिस भएका थिए ।  राना निवर्तमान काँग्रेस कञ्चनपुर उपसभापति हुन ।

०७०को दोस्रो संविधान सभा सदस्य र ०७४ को प्रतिनिधी सभा सदस्य निर्वाचन काँग्रेस नेता विष्ट र माओवादी नेतृ मगर प्रतिस्पर्धी थिए । ०७०मा काँग्रेस नेता विष्ट र ०७४मा मगर निर्वाचित भएका थिए । दुई पटकका निर्वाचनमा प्रतिस्पर्धी रहेका मगर र विष्ट यस पटक निर्वाचनमा एक अर्काका सहयोगी बनेर चुनावी मैदानमा उत्रिएका छन । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले ४७ हजार ४३३ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित