महेन्द्रनगर । कोड फर चेन्जले जेठ ११ गते महेन्द्रनगरको सार्क एजुकेशन फाउन्डेशनमा ‘ करियर कुरा ’ कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । कार्यक्रमले विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराका विषयमा विभिन्न विशेषज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको Code for change Farwest का Executive member नरेश बहादुर चन्दले जानकारी दिनु भयो ।
उहाँका अनुसार विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गर्ने र आइटीमा रोजगार र इन्टर्नशिप, आइटीमा सडक नक्शा र आइटीको दायरा र बजार सम्बन्धि जानकारी प्रदान गरिने जनाउनु भयो । उक्त कार्यक्रम जेठ ११ गते, दिँउसो ०२:०० बजेदेखि दिउँसो ०४ः०० बजेसम्म हुने छ ।
‘ कोड फर चेन्ज ’ एक गैर – नाफामुलक संगठन हो जसले गत केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको छ । यो सन् २०२३ सालदेखि सुदुरपश्चिममा स्थापना भई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धि तालिम निःशुल्क रुपमा प्रदान गरिरहेको समेत चन्दले जानकारी गराउनु भयो ।
Discussion about this post