महेन्द्रनगरको खुल्लामञ्चमा आजदेखि बृहत् योग शिविर संचालन

कञ्चनपुर । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा बृहत योग शिबिर संचालन भएको छ ।
महिला पतन्जली योग समिति कञ्चनपुरको आयोजनामा मंगलबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा बृहद योग शिबिर संचालन भएको हो ।

सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले बृहद योग शिबिरको उद्घाटन गर्दै स्वस्थ्य जिवनका लागि योग गर्न सुझाव दिएका छन ।
पहिलो दिन पतन्जली योग समिति युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देवविजयाजीले योग प्रशिक्षण गरेकी छिन ।

पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले मानिसको तनाव व्यवस्थापन गर्दै खुसी जिवनका लागि योग शिबिर संचालन गर्न लागिएको बताए ।
१७ र १८ जेठ महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी र १९, २० जेठ कर्णाली प्रदेश सेवा प्रभारी पुज्य स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिने छन ।

भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले योग शिविरलाई सफल पार्न नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताए ।
२१ जेठसम्म शिविर व्यवस्थापनको खर्च मूल समितिका सदस्य र भीमदत्त नगरपालिकाको सहयोगबाट व्यवस्थापन हुने जनाइएको छ ।

पहिलो दिन सयौँ योग साधकले योग गरेका छन  । हरेक दिन बिहान ४ः३०देखि ७बजेसम्म सचालन हुनेछ । शिविरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन ।

पतंजलि योग समिति कञ्चनपुरका मिडिया प्रभारी प्रेमसिंह भाटले योग शिविरमा सहभागी भई व्यक्तिगत स्वास्थ्य र सामाजिक स्वच्छता कायम गर्न सबैमा आब्हान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित