खेम सुवेदीद्धारा क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेवारी दर्ता

बेलडाँडी,
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं.१ बाट प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्रबाट खेम सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

बेलौरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो ३ः३५ बजे सुवेदीले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका छन् । चार दशक लामो समयदेखि नेकमा एमालेमा आवद्ध सुवेदीलाई पटक पटक टिकटको लागि सिफारिस गर्ने गरेको र टिकट नदिने नौंटकी देखि दिक्काएका सुवेदीले यस पाली स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने निधो गरेका छन् । आफ्नो उमेरले नेटो काट्न लाग्दा समेत पार्टीले आफ्नो मुल्याङ नगरेको भन्दै आज पार्टीबाट राजिनामा गर्दै स्वतन्त्र उम्मेदवारी घोषण गरेका हुन ।

यो संगै प्रतिनिधी सभाका लागि क्षेत्र नं. १ बाट ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित