बेलडाँडीका युवा नेता सिंहद्धारा प्रदेश सदस्यका लागि उम्मेवारी दर्ता

बेलडाँडी,
बेलडाँडीका होनहार युवा नेता सिंहद्धारा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकट बाट कञ्चनपुर क्षेत्र नं.१ ख बाट प्रदेश सदस्यका लागि उम्मेदावरी दर्ता गराएका छन् ।

हिजो मनोनयन दर्ताका दिन बेलडाँडी वडा नं.३ खैरीघाट बस्ने रा.प्र.पा. बझाङका अध्यक्ष समेत रहेका युवा नेता धिरज विक्रम सिंहले दिउँसो ३ः३० बजे निर्वाचन अधिकृतको कार्यालमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

उनले उम्मेदवारी दर्ता गराएपछि सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् । सिंहले यस्तो भन्दै स्टाटस लेखेका छन् जीवनको अन्तिम सत्य मृत्यु हो । आँफूलाई आफैंले भुइँमान्छे भन्न वा सादकी तथा साधु भन्न मन लाग्छ । हुन त साधकी भन्नलाई त्यस्तो चमत्कारी साधना नै गर्न सकेको छु । नत भुई परिकल्पना कृर्षि उपज नै, हो एउटा कुरा सत्य र साँचो हो । दाजु र आफन्त बाहेक मेरो कुनै नितान्त आफ्नो लाला,बाला छैन, बनाउने इच्छा पनि छैन । एउटा साँचो र सत्य सपना बोकेको छु । मेरो देश र माटोको रक्षा गर्ने नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीको मन्द मलिलो र दुःखी अनुहारमा उज्यालो ज्योति जगाई । कमिसनखोर, भ्रष्टाचारी ,नेपाल आमालाई कुल्चिने नाजायज सन्तानको अन्त्य गरी जीवनको अन्तिम सत्य मृत्यु स्वीकार गर्ने धोको छ । जय शिव गोरक्ष ।

सिंह सानै देखि शान्त स्वाभावका युवा हुन उनले अहिले सम्म कुनै नराम्रो गरेका छैनन् । राम्रो पनि गर्न नसकेको बताउछन् । जनताले भोग्नु परेको दुःख पिडालाई अन्त्य गर्न र भ्रष्टचार अन्त्य गर्नका लागि आफ्नो उम्मेदवारी दिएको जनाए । उनले आफुलाई कुनै लालच नभएको र घरजम गर्नुपर्छ भन्ने समेत लालच नभएको भन्दै जनताको पक्षमा जनताको हितको निमित्त काम गरेर मर्ने धोको रहेको बताए ।

ठुला भनाउदा दलहरुले बेलडाँडी क्षेत्रका कसैलाई पनि उम्मेदवारी नदिने भएकाले बेलडाँडी क्षेत्रका नागरिकमा निराशापन छाएको बेला सिंहको उम्मेदवारीले यस क्षेत्रमा खुसी छाएको छ । बेलौरी क्षेत्रका जनताले समेत यस पटक बेलडाँडीलाई अवसर दिनु पर्ने बेलडाँडीबासीको माग छ । पटक पटक बेलौरी पुनर्वास क्षेत्रले नेतृत्व पाउने तर बेलडाँडी क्षेत्रकाले अहिले सम्म नेतृत्व नपाएकाले यस पटक बेलडाँडीकालाई प्रदेश सम्म पुर्याउन बेलडाँडीबासीले आवहान समेत गरेका छन् ।

केहिदिन पहिला अनेरास्ववियु क्रान्तीकारीका निवर्तमान जिल्ला अध्यक्ष कैलाश चन्द्र गिरीले समेत बेलडाँडीबासीलाई नेतृत्वमा ल्याउन आवहान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित