सामाजिक अभियानता जोशीद्वारा बेलडाँडीको पहिचान र बेलखेतिको प्रवर्द्धनका लागि १००/- रुपैया अभियान संचालन

बेलडाँडी । बेलडाँडीका सामाजिक अभियानता गोकर्ण जोशी निश्चलद्वारा बेलडाँडीको पहिचान र बेलखेतीको प्रवर्द्धनका लागि १००/- रुपैया अभियान आज शुक्रबार देखि शुरू गरिएको छ ।

आगामी अषाढको पहिलो सातादेखि बेलका बोटहरु लगाउने कार्यक्रमका लागि आजैदेखि सय रूपैयाँ संकलन अभियान थालिएको अभियानता जोशीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार सबै बेलडाँडी बासिको हातेमालो र स्वामित्व रहोस् भन्ने उद्देश्यले उक्त कार्यका लागि आवश्यक आर्थिक सहयोग जुटाउन हामीले ‘बेलडाँडीको पहिचान र बेलखेतिको प्रवर्द्धनका लागि १००/- रुपैया अभियान थालनी गरेको बताए ।

उनले भने “हजुरबाट प्राप्त रु १००/- ले हामीहरू स्थानीय स्तरमा उत्पादित बेलका ५ वटा बोटहरु खरिद गर्नेछौं र जनसहभागिता बाट उक्त बेलका बोटहरु विभिन्न सार्वजनिक स्थानहरुमा लगाउनेछौं।”आर्थिक पारदर्शिता कायम राख्न र उक्त कार्यलाई संस्थागत किसिमले अगाडि बढाउन हामीले बेलडाँडी युवा समाज संगको सहकार्यमा उक्त कार्य अगाडि बढाएका छौं उहाँले भन्नू भयो ।

आर्थिक सहयोग लगायतका सम्पूर्ण कारोबार विवरणहरु सामाजिक संजाल तथा अन्य माध्यमद्वारा सार्वजनिक गरिने जनाईएको छ ।
सहयोग गर्नका लागि बैंक विवरण:
Garima Bikas Bank
Mahendranagar Branch
Beldandi Yuwa Samaj
Account Number: 07010101175155000001

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित