जुन विद्यालयलाई मावि तहको अनुमति दिन रोकियो, त्यसै विद्यालयले पालिका भरीका १७ विद्याललाई पछि पार्दै भयो प्रथम

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आधारभुत तहका विद्यार्थीमा अतिरिक्त ज्ञान बढाउन हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । बेलडाँडी गाउँपालिका गाउँ कार्यपलिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिताको शुक्रवार आयोजना गरिएको हो ।

पालिका विद्यालय स्तरीय प्रतियोगितामा जुन विद्यालयलाई मा.वि. तहको अनुमति दिन रोकिएको थियो त्यसै विद्यालयले नै अतिरिक्त ज्ञान बढाउने प्रतियोगितमा १७ विद्यालयालाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ । आफ्नो विद्यालयको सबै पाटोलाई बलियो पार्दै गत शैक्षिक सत्र देखि मा.वि. कक्षा संचालनका लागि बारम्वार माग गर्दा समेत बेलडाँडी गाउँपालिकाको कार्यपालिका बैठकले ठाडो अनुमति दिन अस्वीकार गरेको थियो । अस्वीकार के कारणले गरिएको थियो सूचनामा कारण भने लेखिएको थिएन् ।

आधारभुत (कक्षा ६–८)का विद्यार्थी सहभागी १८ विद्यालय मध्ये प्रतियोगितामा वडा नं.२ मा रहेको सिंहपाल आधारभूत विद्यालय प्रथम भएको छ । भने दोस्रो वडा नं. ५ मा रहेको गणेश मा.वि.भुर्षा र तेस्रो वडा नं.१ मा रहेको सरस्वती मा.वि. झर्नासागर भएको कार्यक्रमका संचालक दिपक भट्टले जानकारी गराउनु भयो । विजेता टिमलाई क्रमस ४ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान समेत गरिएको थियो ।

१८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिशचन्द्र राना, कार्यक्रमका सभापति तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि गापा अध्यक्ष रानाले प्राथमिक तहदेखि नै विद्यार्थीलाई विभिन्न प्रतियोगितात्मक गतिविधिमा संलग्न गराउनुपर्ने बताउनुभयो ।

प्रथम हुने विद्यालयका प्रधानाध्यापक केशव सिह साउदले भोलीका उदाहरण कोपिला विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई दिदै सम्पुर्ण गाउँपालिका टिम तथा शिक्षा युवा तथा खेलकुद शाखा लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण विद्यालयका स्टाफहरु प्रति धन्यवाद प्रकट गर्नु भयो ।

सिंहपाल आधारभूत विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा पालिका अध्यक्ष हरिशचन्द्र राना प्रमुख अतिथि, वडा नं.१ का अध्यक्ष तथा प्रवक्ता गज बहाुदर बिष्ट सभापति, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भानुभक्त जोशी अतिथि रहेको कार्यक्रमको संचालन शिक्षक दिपक भट्टले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित