एमाले नेता कार्यकर्तापनि समाजवादीका उम्मेदवार रावलको प्रचारमा

कञ्चनपुर,
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि एमाले नेता कार्यकर्ता पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकास बहादुुुुुर रावलको प्रचारप्रसारमा जुटेका छन ।
एमाले कञ्चनपुर भीमदत्त नगरका युवा नेता रविन्द्र सुनार समाजवादीका उम्मेदवार रावलको प्रचारप्रसारमा जुटेका हुन । एमाले नेता सुनारले खुलेरै क्षेत्र ३(क)का प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका समाजवादीका नेता रावलको प्रचार गरिरहेका छन ।
एमाले नेता सुनारले समाजिक सञ्जाल मार्फत समग्र विकासका लागि कमलमा भोट भन्दै रावलका लागि मत मागिरहेका छन । रावलमन्त्री हुँदा सुनार समाजवादीकै थिए, गत स्थानीय निर्वाचनको मुखमा एमालेमा फर्किएका सुनारले रावलको प्रचारप्रसार गरेसंगै एमालेले उक्त सिट राप्रपालाई दिएपछि एमाले नेता कार्यकर्ता चरम रुष्ट भएको दृष्ट्रान्ट देखिएको छ । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले समाजवादीका तर्फबाट रावल सबैका नेता भएकाले उनलाई एमाले नेता कार्यकर्ताले सार्थ सर्मथन गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित