कञ्चनपुर,
कञ्चनपुर क्षेत्र २ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका उम्मेदवार राजुराम सार्की(भुल)ले उम्मेदवारी फिर्ता लिएका छन ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार राजुरामले क्षेत्र २(क)बाट उम्मेदवारी फिर्ता लिएका हुन । नेकपा माओवादी कञ्चनपुरका युवा नेता सिके भट्टले हाम्रो नेपाली पार्टीका उम्मेदवार राजुरामले उम्मेदवारी फिर्तालिदै बाम गठबन्धनका उम्मेदवारलाई सघाउने गरि उम्मेदवारी फिर्ता लिएको बताए ।
राजुरामले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय संघ तर्फ एनपी साउद, २(क) ओम विक्रम भाट(सरल) र २(ख)मा बहादुर सिह थापालाई साथ सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिएका छन । संविधानको रक्षकधर पक्षका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने गरी उम्मेदवारी फिर्ता लिएको उनले बताए । यस्तै माओवादी नेता जित बहादुर चौधरीले समेत २(क)बाट उम्मेदवारी फिर्ता लिएका छन ।
उनले पनि क्षेत्र २र २(क)का उम्मेदवार जिताउनका लागि उम्मेदवारी फिर्ता लिएको बताए । माओवादीका बागी र अन्य दलले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर बाम गठबन्धनका उम्मेदवारलाई साथ सहयोग गरेर जिताउने घोषणा गरेपनि एमाले २(क)का बागी उम्मेदवार टेक बहादुर हमालले उम्मेदवारी फिर्ता लिएका छैनन ।
Discussion about this post