कञ्चनपुर सांसद तामाङद्वारा गृहमन्त्री लामिछानेलाई कञ्चनपुरको सुशासनमा ध्यान दिईदिन आग्रह

कञ्चनपुर, ५ असाढ । कञ्चनपुर क्षेत्र नं.१ बाट निर्वाचित सांसद तारालामा तामाङद्वारा उप प्रधान तथा गृहमन्त्री रबी लामिछानेलाई कञ्चनपुरको सुशासन लगायत विकासमा ध्यान दिईदिन आग्रह गरेका छन् ।

बुधवार सांसद तामाङ र नेकपा एमालेका युवा नेता तथा प्रचारप्रसार समितिका सदस्य रोशन खडकाले गृहमन्त्री लामिछानेलाई भेटेर कञ्चनपुरको दक्षिणी क्षेत्रको बिकास लगायत सुशासनमा ध्यान दिईदिन अनुरोध गरेका छन् ।

भेटघाटमा जिल्ला प्रशासन कार्यालय कंचनपुर र ईलाका प्रशासन कार्यालय त्रिभुवन बस्तीमा सर्वशुलभ तरिकाले सेवाग्राहीले सुबिधा पाउँने गरी व्यबस्था गर्न सुशासनको लागि आबश्यक कार्य र सुरक्षा निकायहरुलाई श्रोत साधन र अत्यावश्यक सामग्री(सिमा मा वाक थ्रु गेट, ट्राफिक मुभिङ्ग भेहकल,मेटल डिटेक्टर,ड्रग डिटेक्टर, लगायत समयानुकूल सामग्रीहरु उपलब्ध गराउँन, APF BOP हरुमा आबश्यक भौतिक पूर्बाधारहरुको ब्यबस्था गर्न जनपदमा पनि सवारी साधन लागयत पूर्बाधार उपलब्ध गर्न,हुलाकी सडक निर्माणको क्रममा छिमेकी मुलुकको सुरक्षाकर्मीले बेलौरी पचुई क्षेत्रमा समय समयमा गरेको अवरोध, तेश्रो मुलुकको नागरिकलाई गड्डा चौकी र गौरीफन्टा नाकाबाट (नेपाल बाट भारत) भारत छिर्न कोभिड भन्दा पहिले कै झै नेपालबाट भारत जान (Exit) दिन आवश्यक कुटनितिक पहल गरी समस्या समाधान गर्न लगायत माग तथा सुझाव दिएको सांसद तामाङले जानकारी गराउनु भयो ।

यस्तै छाङगुरु क्षेत्र लगायत समसामयिक बिषयमा समेत छलफल गरिएको जनाए । छलफलमा गृहमन्त्री लामिछाने सकारात्मक टिप्पणी जनाएका थिए ।
समय ब्यबस्थापनका लागि गृहमन्त्री ज्यूको सचिवालय प्रति धन्यवाद ज्ञापन गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित