पत्रकार तथा बडिबिल्डर लामा सुदूरपश्चिम आइकनमा मनोनित

धनगढी, ९ असार । पत्रकार तथा शारीरिक सुगठनका प्रशिक्षक रञ्जित लामा सुदूरपश्चिम आइकनमा मनोनित भएका छन् ।

लामा आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को सुदूरपश्चिम आईकनमा मनोनित भएका हुन् ।

उनले ‘५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा नेपाललाई कास्य पदक जिताएका थिए । एसियाली स्तरमा शारीरिक सुगठनमा पदक जिताउने उनी पहिलो सुदूरपश्चिमका खेलाडी हुन् ।
लामा शारीरिक सुगठन एबं न्यूटे«सन एक्सपर्ट मात्रै नभइ उनी लामो समयदेखि पत्रकारिता गर्दै आएका हेल्लो पुुनर्वास दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को सुदूरपश्चिम आईकन पुरुष तर्फको विधामा लामासहित एथलेटिक्सका आशिष महर, र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् । महिलातर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

अवार्डमा दिईने आठ विधामध्ये ६ विधाको मनोनयन सार्वजनिक गरिदैं आएकोमा अब थप चार विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाईफटाईम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान
गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित