कैलालीमा बिद्यालय जाने क्रममा  चट्याङ खस्दा ३ बालिका गम्भीर घाइते

कैलाली:

कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित