बेलडाँडी । पालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूलाई प्रभावकारी बनाउने उदेश्यले एकाविहानै पालिका अध्यक्ष हरिशचन्द्र राना अनुगमनमा निस्कनछन् । बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि शिक्षामा राम्रै व्यवस्था मिलाएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन कसरी सकिन्छ भन्दै हिजो विहान बुधवार विद्यालय अनुगमनमा निस्केका उनले २२ जना विद्यार्थीको हाजिर लगाएको र २ जना मात्र विद्यार्थी विद्यालयमा उपस्थित रहेको देख्दा अध्यक्ष आफै चकित परेका छन् ।
बेलडाँडी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विभिन्न समस्या बढिरहेको भन्दै गुनासाहरु आएपछि गाउँपालिका प्रमुख सहितको टोली अनुगमन गएका थिए । अनुगमनमा बैजनाथ माध्यमिक विद्यालय झिलमिलामा ११२ जना अनुपस्थित जसमध्ये बालविकासमा जम्मा ३० जना, हाजिर भएको २२ जना, प्रत्यक्ष कक्षा कोठामा २ जना । यस्तै त्रिशुली आधारभूत विद्यालय चवन्नीमा जम्मा ८८ जना, उपस्थित ३३ जना । गणेश माध्यमिक विद्यालय भुर्षा मोहनपुरमा जम्मा २६४ विद्यार्थी मध्ये ९८ जना विद्यार्थी अनुपस्थित, कालिका आधारभूत झिलमिलामा जम्मा ७३ विद्यार्थी ३७ जना विद्यार्थी मात्र उपस्थित । सरस्वती जनता माध्यमिक विद्यालयमा जम्मा ५२९ जना विद्यार्थी जस मध्ये ९८ जना अनुपस्थित रहेको भेटिएको जनाए ।
पालिका प्रमुखका अनुसार कुनै विद्यालयमा २ दिन अगाडी सम्मको हाजिर लगाएको समेत भेटिएको बताउदै ती सबै विद्यालयलाई यस्तो कमजोरी आगामी दिनमा नदोहर्याउन निर्देशन दिएका छन् । उनले भने नेपाल सरकारले दिएको रकमको सहि सदुपयोग भएको छ या छैन, विद्यालयले पालिकामा पेश गरेको विवरण अनुसार त्यहाँको त्यो बास्तविक समस्या हो या के हो भनेर अनुगमन गर्ने बताउदै ठग्ने फर्जि हाजिर बनाएर पालिकालाई नै ठग्न खोज्ने लगायत धेरै विषयमा अनुगमन गरि ती विद्यालयहरुका लागि के गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गर्ने अध्यक्ष रानाले बताउनु भयो ।
Discussion about this post